सप्तरीका ४० प्रतिशत खेतमा मात्र धान रोपाई

११ साउन, सप्तरी । साउनको दोस्रो साता बित्न लागिसकेको छ तर सप्तरीमा जम्मा ४० प्रतिशत खेतमा मात्र धान रोपाई हुन सकेको छ । ७० हजार हेक्टर खेती योग्य क्षेत्रफल रहेको सप्तरीमा जम्मा २८ हजार हेक्टरमा मात्र रोपाई भएको छ । ४२ हजार हेक्टर खेत अझै बाँझै छ । जिल्लाका पूर्वी क्षेत्रमा बाढीले खेतीयोग्य जमिन डुबाउने तर पश्चिम, उत्तर र पूर्वी दक्षिणी क्षेत्रमा पानी नभएर जमिन त्यत्तिकै बाँझै लडिरहेको हो । कृषि विकास कार्यालय सप्तरीका वरिष्ठ कृषि विकास अधिकृत भागिरथ यादवका अनुसार समयमा पर्याप्त वर्षा र सिँचाइ नहुँदा आकाशे पानीको भरमा रहेका कृषक मारमा परेका छन् । थप पढ्नुहोस्