सल्यानको खलंगामा मेगा बैंकको शाखा

१४ साउन, काठमाडौं । मेगा बैंकले सल्यानको खलंगामा नयाँ शाखा खोलेको छ । यूकेएड सक्षम एक्सेस टु फाइनान्स कार्यक्रमको साझेदारीमा बैंकले यो शाखा खोलेको हो । बैंकको यो ४८ औं शाखा हो । सल्यान, खलंगामा आफ्नो शाखा खोल्ने मेगा बैंक दोस्रो निजी वाणिज्य बैंक भएको छ । खलंगामा सानो बजार रहे पनि धेरै सरकारी तथा निजी कार्यालयहरूको आवश्यकताहरूलाई परिपूर्ति गर्ने यो शाखा सक्षम हुने बैंकको विश्वास छ । थप पढ्नुहोस्