४ जहाज विक्री गरेर ८ जहाज किन्ने तयारीमा निगम

२१ चैत, काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले पुराना ४ थान जहाज बिक्री गरेर ८ थान नयाँ जहाज खरिद गर्ने घोषणा गरेको छ । निगमले आन्तरिक उडान गरिररेका ४० वर्ष पुराना तीन थान ट्वीनटर जहाज सहित तीन दशक पुरानो बोइङ ७५७ सिरिजको एक थान जहाज डेढ वर्षभित्र विस्थापन गर्ने भएको हो । हाल बोइङले अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ । केही समयअघिमात्र निगमले एक थान बोइङ बीबी एयरलाइन्सलाई बिक्री गरिसकेको छ । “पुराना जहाज १५ महिनाभित्र विस्थापन गरेर ८ थान नयाँ जहाज खरिद गर्ने प्रक्रिया अगाडि बढाउँदैछौं,” निगमका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारले भने । थप पढ्नुहोस्