म्याग्दीमा ५० श्ययाको अस्पताल निर्माण शुरु

२७ मंसिर, काठमाडौं । म्याग्दीको सदरमुकाम बेनीमा ५० श्यया क्षमताको सुविधासम्पन्न अस्पतालको भवन निर्माण कार्य शुरु भएको छ । करिब रु १९ करोड लागतमा निर्माण गर्न लागिएको बेनी अस्पतालको भवन शहरी आवास तथा भवन निर्माण डिभिजन कार्यालय, बागलुङले ठेक्कामार्फत काम शुरु गरेको हो । चार हजार ९६३ वर्गमिटर क्षेत्रफलमा निर्माण हुने सो भवन चार तलाको रहनेछ । थप पढ्नुहोस्