प्रधानमन्त्रीको ५४ सदस्यीय भ्रमण टोलिमा अटाए राजेश र दिनेश

२२ चैत, काठमाडौं । प्रधानमन्त्रीको भोलीदेखि हुन लागेको भारतको राजकीय भ्रमणमा पहिलो पटकचलचित्र क्षेत्रसमेत सहभागी गराइएको छ । नेपाली चलचित्र उद्योग र भारतीय चलचित्र उद्योगबीच मैत्री सम्बन्ध स्थापना गरी एक अर्काको अनुभव आदानप्रदान गर्न प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा कलाकर्मीलाई समावेश गरिएको हो । प्रधानमन्त्री ओली ५४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार भारतको राजकीय भ्रमणमा जान लागेका छन् । भ्रमण दलमा लोकप्रिय नायक राजेश हमाल र निर्देशक दिनेश डिसी सहभागी हुनेछन् । थप पढ्नुहोस्