महाकालीमा ८०० मिटर लामो चार लेनको पुल निर्माणको काम तीव्र

१९ चैत, काठमाडौं । महाकाली नदीमा पुल निर्माणको कामले तीव्रता पाएको छ । पुल निर्माणका लागि दुई साताअघि इटलीबाट रु आठ करोडको हाइड्रोलिक पाइल रिग मेशिन निर्माणस्थलमा ल्याइपु¥याइएको छ । उक्त मेशिन ल्याइएसँगै पुल निर्माणको कामले गति लिएको हो । “मेशिन ल्याउन छ महिनाभन्दा बढी समय लाग्यो,” पुल निर्माणस्थलमा भेटिनुभएका कुमार श्रेष्ठ निर्माण सेवाका इन्जिनियर किशोरराज पाण्डेयले भने, “अब निर्माणको काम धमाधम अगाडि बढ्छ ।” हाइड्रोलिक पाइल रिग मेशिन निर्माणस्थलमा पुगेसँगै दुई वटा पाइल गाड्ने काम सम्पन्न भएको छ । पुल निर्माणका लागि यस्ता ४०८ वटा पाइल निर्माण गरिने छन् । थप पढ्नुहोस्