९४ इन्सपेक्टर डिएसपीमा बढुवा

३ साउन, काठमाडौँ । नेपाल प्रहरीको बढुवा समितिको सचिवालयले ९४ जना इन्सपेक्टर - प्रहरी निरीक्षकहरुलाई डिएसपी -प्रहरी नायब उपरीक्षक पदमा बढुवा गर्न गरेको सिफारिशको सूची सोमबार मध्यरातमा प्रकाशन गरेको छ। समितिको साउन २ गते बसेको बैठकले यस्तो निर्णय गरेको हो। सूची अनुसार कूल ९३।४२०८ अङ्कका साथ नवराज मल्ल पहिलो नम्बरमा छन्। त्यसैगरी ९३।३४०० अङ्कका साथ डिलबहादुर मल्ल दोस्रो र ९१।५६९२ अङ्कका साथ नरेन्द्र कुँवर तेस्रो नम्बरमा छन्। त्यस्तै ३६१ जना प्रहरी जवानको पनि सरुवा भएको छ । थप पढ्नुहोस्