सरकारले आज श्वेतपत्र जारी गर्ने

१६ चैत, काठमाडौं । सरकारले मुलुकको वर्तमान आर्थिक अवस्था र आगामी दिनमा चाल्नुपर्ने कार्यक्रमसहितको श्वेतपत्र शुक्रबार (आज) सार्वजनिक गर्ने भएको छ । मुलुकको अर्थतन्त्रको विस्तृत अवस्था चित्रण हुनेगरी श्वेतपत्र जारी गरिने अर्थ मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार श्वेतपत्रमा हालको देशको अर्थतन्त्रको अवस्था र भविश्यमा चाल्नुपर्ने कदमको समावेश गरिने छ । पछिल्लो समय मुलुकको अर्थतन्त्र कमजोर बन्दै गइरहेको भन्ने टिप्पणी भइरहेको बेला अर्थतन्त्रको वास्तविक अवस्था समेटेर श्वेतपत्रको तयारीमा सरकार जुटेको हो । थप पढ्नुहोस्