जाम्बियाका सेनाप्रमुख नेपाल भ्रमणमा

१९ पुस, काठमाडौं । अफ्रिकी मुलुक जाम्बियाका सेनाप्रमुख पल मिहोभा नेपालको साताव्यापी औपचारिक सद्भावना भ्रमणका सिलसिलामा आज साँझ राजधानी आइपुग्ने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, रक्षामन्त्री भीमसेनदास प्रधानसँग उनले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ । साथै उनले प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग जंगी अड्डामा भेटवार्ता गर्ने कार्यक्रम छ । थप पढ्नुहोस्