बिएन्डसी अस्पतालमा आमा सुरक्षा कार्यक्रम सुरु

२६ जेठ, काठमाडौं । झापाको बिर्तामोडमा सञ्चालित बिएन्डसी अस्पतालले आजबाट आमा सुरक्षा कार्यक्रम सुरु गरेको छ । प्रस्तावित मेडिकल कलेजका रुपमा सञ्चालित सोे अस्पतालले मेची अञ्चलका सेवाग्राहीलाई मध्यनजर गर्दै आमा सुरक्षा कार्यक्रम सुरु गरेको अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसार्इंले जानकारी दिए। अस्पताल परिसरमा आयोजित पत्रकार सम्मेलनमा यस कार्यक्रमले सुत्केरी महिला र नवजात शिशुको सुरक्षार्थ अस्पतालले ३८ शै्ययाको एनआइसीयु र ५० शै्ययाको आइसीयु सेवा पनि सञ्चालनमा ल्याएको जनाएको छ । थप पढ्नुहोस्