चोक–चोकमा सिसी क्यामरा जडान

२६ जेठ, काठमाडौं । चोरी, डकैतीलगायत आपराधिक घटनालाई नियन्त्रण गर्न महानगरीय प्रहरी वृत्त भक्तपुर, थिमिले चोक-चोकमा सिसी क्यामरा जडान गरेको छ । मध्यपुर थिमि नगरपालिकाको रु पाँच लाख र अन्य केही दातृ निकायको सहयोगमा प्रहरीले थिमिको चोक चोकमा २० वटा सिसी क्यामरा जडान गरेको हो । मध्यपुरथिमि क्षेत्रमा बढ्दो अपराध न्यूनीकरण गर्नका लागि सिसी क्यामरा जडान गरिएको वृत्तका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलीले जानकारी दिनुभयो । सुरक्षाका लागि प्रहरीले बैंक सञ्चालकलाई बोलाएर बैंकको बाहिर अनिवार्य रुपमा सिसी क्यामरा राख्न निर्देशन दिएको छ । थप पढ्नुहोस्