दार्जिलिङबाट पर्यटक भागे

२९ जेठ, काठमाडौं । दार्जिलिङमा जारी हड्ताल थप हिंसात्मक हुनसक्ने आशङ्काका कारण त्यहाँ पुगेका विदेशी एवम् भारतीय पर्यटक दार्जिलिङ छोड्न र भाग्न थालेको समाचार अन्तराष्ट्रिय समाचार माध्याममा आएका छन् । दार्जिलिङ घुम्न पुगेका पर्यटक सोही कारणले भाग्न लागेको समाचार केही दिनयतादेखि नै आएको थियो । हाल दार्जिलिङमा गोर्खाल्यान्डको आन्दोलन जारी रहेको छ । केही दिनयता जारी सो आन्दोलन नरोकिएकोले दार्जिलिङका रिसोर्टमा थप केही दिनका लागि बुकिङ् गरेर बसेका पर्यटकले पनि भ्रमण अवधि छोट्याउने र जतिसक्दो चाँडो दार्जिलिङ छोड्न लागेको समाचारमा जनाइएको छ । थप पढ्नुहोस्