राष्ट्रपतिसँग ‘आईएलओ’ महानिर्देशक राइडरद्वारा भेट

२ असार, काठमाडौं । ‘१०६औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलन’को एक भागका रूपमा रहेको ‘रोजगारीको विश्व शिखर बैठक’ मा भाग लिन जेनेभामा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीसँग बिहीबार अन्तर्राष्ट्रिय श्रम सङ्गठनको कार्यालयमा सङ्गठनका महानिर्देशक गाय राइडरले आफ्नै कार्यकक्षमा भेट गरेका छन्। उक्त अवसरमा गणतन्त्र माल्टाका राष्ट्रपति मारिया लुइस कलिरो प्रेका तथा गणतन्त्र मरिससका राष्ट्रपति अमिना गुरिफ फकिमको पनि उपस्थिति थियो । उनीहरूबीच दुईपक्षीय विषयमा संक्षिप्त छलफल भयो । थप पढ्नुहोस्