भाजपाद्धारा राष्ट्रपतिको चयनका लागि समिति गठन

२९ जेठ, नयाँदिल्ली । भारतीय जनता पार्टीद्धारा नयाँ राष्ट्रपति चयनका लागि प्रमुख पार्टीहरुको साझा धारणा बनाउनका लागि तीन सदस्यीय एउटा समिति बनाएको छ । समितिले विपक्षी पार्टीलाई समेत सहमतिमा ल्याउने प्रयास गर्ने सो पार्टीका नेताहरुले जानकारी दिएका छन् । समितिमा नेताहरु अरुण जेट्ली, राजनाथ सिंह र वेनकिआह नायडु रहेका छन् । वर्तमान राष्ट्रपति प्रणव मुखर्जीपछिको राष्ट्रपतिका लागि विपक्षी र सत्तारुढ गठबन्धनको तर्फबाट समितिले उम्मेदबार छान्नेछ । थप पढ्नुहोस्