ककनीमा क्यानोनिङ महोत्सव

२६ जेठ, काठमाडौं । शाहसिक पर्यटन अभियानलाई अगाडि बढाउने उद्देश्यका साथ नुवाकोटको ककनीस्थित भुलभुले झरनामा तेस्रो क्यानोनिङ (छाँगावरोहण) महोत्सव सुरु भएको छ । नेपाल क्यानोनिङ एसोसिएसनको आयोजनामा हुन लागेको सो महोत्सवमा स्वदेशी, विदेशी गरी ३०० जनाको सहभागिता रहेको आयोजकले जनाकारी दिएका छन् । नेपाल पर्यटन बोर्ड, टे«किङ एजेन्ट एसोसिएसन नेपाल तथा पर्यटनसँग सम्बन्धित संस्थाको सहयोगमा भुलभुले झरनामा आज र भोलि दुई दिनसम्म चल्नेछ । थप पढ्नुहोस्