कक्षा ११ को परीक्षा असार १४ को सट्टा १ गतेदेखि

भक्तपुर, १७ जेठ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा आउँदो असार १ गतेदेखि सञ्चालन गर्ने भएको छ । बोर्डको आज बसेको बैठकले दोस्रो चरणको चुनावका कारण कक्षा ११ को परीक्षा असार १ गतेदेखि १० गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको बोर्डका सदस्य सचिव डिल्ली रिमालले जानकारी दिए । असार ८ गतेदेखि सञ्चालन गर्न तय गरिएको परीक्षा सरकारले असार १४ गते स्थानीय तहको दोस्रो चरणको निर्वाचन गर्ने घोषणा गरेपछि असार ८ गतेदेखि सञ्चालन हुने भनिएको परीक्षा अगाडि सारिएको हो । थप पढ्नुहोस्