हरि ओम ग्रुपको लगानीमा मुलुककै ठूलो अक्सिजन ग्यास प्लान्ट स्थापना

८ माघ, काठमाडौं । बाँकेको परशपुरमा अत्याधुनिक प्रविधियुक्त अक्सिजन ग्यास प्लान्ट स्थापना गरिएको छ । नेपालकै सबैभन्दा ठूलो यो प्लान्टबाट दैनिक ४७ लिटर क्षमताको एक हजार सिलिण्डर अक्सिजन ग्यास उत्पादन हुने बताइएको छ । दैनिक एक हजार २०० लिटर लिक्विड नाइट्रोजन र अक्सिजन उत्पादन क्षमता रहेको यो प्लान्टबाट ‘जिरो एयर’ ग्यास पनि उत्पादन हुने सञ्चालक गौरव श्रेष्ठले बताए । एच ओ अक्सिजन इन्डस्ट्रिज प्रालिले सञ्चालनमा ल्याएको प्लान्टले आजदेखि विधिवत् उत्पादन शुरु गरेको छ । थप पढ्नुहोस्