सिरिया आक्रमणबारे अनुसन्धानमा अवरोध भएको छैन :– क्रेमलिन

४ वैशाख, काठमाडौं । अन्तर्राष्ट्रिय रासायनिक हतियार अनुगमन अधिकारीहरूलाई सिरियामा केही दिन पहिले भएको भनिएको रासायनिक हतियार आक्रमणबारे छानविन गर्न गएको समूहलाई रूस र सिरियाले अवरोध गरेको भनी आएको खबरहरू आधारहीन भएको रूसी प्रशासनिक केन्द्र, क्रेमलिनले जनाएको छ । “हामीले रूसमाथि लागेका यस्ता आरोपमा कुनै सत्यता नभएको बताउन चाहन्छौँ,” रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले बताए । उनले भने, “मस्को सिरियामा रासायनिक आक्रमण भएको भनिएको घटनाको पूर्वाग्रहविना अनुसन्धानको पक्षमा रहेको छ । थप पढ्नुहोस्