राजाहरुको दिवाली हुने रानीबारी जङ्गल चक्रपथभित्रको एक्लो सामुदायिक वन

१४ माघ, काठमाडौं । रानीबारी सामुदायिक वन चक्रपथभित्रको एक्लो सामुदायिक वनका रुपमा विकास हुँदै गएको छ । पहिले चक्रपथभित्र म्हैपी सामुदायिक वन र रानीबारी सामुदायिक गरी दुई वन भए पनि म्हैपी वन धार्मिक वनका रुपमा रुपान्तरण भएपछि रानीबारी सामुदायिक वन एक्लो सामुदायिक वन भएको हो । काठमाडौँ जिल्लामा १४४ सामुदायिक वन रहेकामा चक्रपथभित्र भने एक मात्र सामुदायिक वन रहेको छ । कामपा–३ लाजिम्पाट र सामाखुसी छेउमा रहेको सो वन ६.९५ हेक्टर क्षेत्रफलमा फैलिएको छ । थप पढ्नुहोस्