धार्मिक पर्यटनको प्रर्बद्धन गर्न तिलिचो तालसम्म बोलबम यात्रा
इन्द्र रिजाल
साउन १५, २०७६ बुधबार २३:३:१८
स्याङ्जा । एकदशक भन्दा अगाडि देखि वालिङ बोलबम समितिले शान्तिका लागि बोलबम यात्रा शुभारम्भ गर्दै आएको छ । हरेक श्रावण महिनामा नेपालका विभिन्न धार्मिक स्थलमा पुगेर कालीगण्डकीको जल चढाउदै आएको बोलबम समिति यो पटक भने धार्मिक प्रर्बद्धनका लागि मनाङ्को तिलिचो ताल पुग्ने भएको छ ।
सरकारले बर्ष २०२० लाई पर्यटन बर्षका रुपमा मनाउने घोषणा गरेसँगै वालिङ बोलबम समितिले यो पटक धार्मिक पर्यटन प्रर्बद्धन गर्ने उदेश्यले धार्मिक यात्रा तय गरेको बोलबम समितिका अध्यक्ष दिपेन्द्र तिवारीले जानकारी दिए । श्रावण १९ गते देखि शुरु हुने यात्रा नेपालकै अग्लो ताल तिलिचो पुग्ने छ । तिवारीका अनुसार तनहुँको इशानेश्वर महादेव मन्दिरमा कालीगण्डकीको जल चढाएर पर्यटन प्रबद्र्धन गर्ने उदेश्यले तिलिचो ताल हेरेर समिति फर्कने बताए ।
हरेक बर्ष शान्तिका लागि बोलबम भन्ने नारा तय गरेर धार्मिक क्षेत्रको दर्शन गर्ने गरेका थियौं, समितिका अध्यक्ष तिवारीले भने,“ यो पटकको हाम्रो यात्रा शान्तिसँगै पर्यटन प्रर्बद्धनलाई जोड दिएका छौं ।” सरकारले २०२० को पर्यटन बर्ष घोषणालाई हाम्रो धार्मिक यात्राले पनि सघाउ पुग्ने विश्वास लिएको तिवारीले बताए ।
समितिले यात्राको समय तालिका समेत सार्वजनिक गरेको छ । १९ गतेदेखि यात्रा शुरु गरेर २० गते तनहुँको इशानेश्वर महादेव मन्दिरको दर्शन गरि बेशीशहरमा बास बस्ने, बेशी शहरबाट मनाङ्को खाङ्सारमा बास बस्ने र २२ गते बेस क्याम्पमा पुगेर बास बस्ने गरी २३ गते तिलिचो ताल पुग्ने समय तालिका सार्वजनिक गरेको यात्रा संयोजक युवराज गौतमले जानकारी दिए । यात्रामा कुनै कठिनाई नआउने गरी सबै व्यवस्थापन मिलाएको गौतमले जानकारी दिए ।
स्याङ्जाका धार्मिक स्थलहरुको प्रचार प्रसार र धार्मिक पर्यटन प्रर्बद्धन हुने विश्वासका साथ वालिङ बोलबम समितिले आयोजना गरेको बोलबम यात्रालाई छुट्टै तवरले हेरिएको छ । एउटै पोषाकमा करिब ८० जना बोलबम युवाहरुको सहभागिता हुने समितिका सचिव अशोक तिवारीले जानकारी दिए ।
२०६१ सालबाट बोलबम समितिले हरेक श्रावण महिनामा मुलुकका हरेक धार्मिक स्थल पुग्दै आएका छन् । मुक्तिनाथधामबाट पहिलो यात्रा शुरु गरेको समितिको यो १४ औं संस्करणको यात्रा हो ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपमदिरा र सुर्तीजन्य वस्तुमा कर वृद्धि
जेठ १५, २०८१ मंगलबार
बजेटबारे नेताहरूको मिश्रित प्रतिक्रिया : कोही भन्छन्- राम्रो, कोही भन्छन् नराम्रो !
जेठ १५, २०८१ मंगलबार
सूचना प्रविधि आर्थिक विकासको रुपान्तरणकारी क्षेत्रमा समावेश
जेठ १५, २०८१ मंगलबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
नेपालबहस संवाददाता
जेठ १८, २०८१ शुक्रबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार
यस्ता छन् मन्त्रिपरिषद् बैठकका २६ निर्णय ( हेर्नुस सुचिसहित )
जेठ १८, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १९, २०८१ शनिबार
यमनमा घातक आक्रमणपछि हुथी समुहद्वारा अमेरिकी जहाजमा आक्रमण
जेठ १९, २०८१ शनिबार
च्याम्पियन्स लिग फाइनल : उपाधिका लागि रियल म्याड्रिड र डोर्टमण्ड भिड्दै
जेठ १९, २०८१ शनिबार
शल्यक्रिया गर्न पालो कुर्नुपर्ने समस्या अन्त्य गरिने
जेठ १९, २०८१ शनिबार
क्यामरा आकृतिको भवन
जेठ १९, २०८१ शनिबार
नेपालगञ्जका विद्यालयमा गर्मी बिदा बढाइयो
जेठ १९, २०८१ शनिबार