पहिरो र बाढीको कारण करोडौँ मूल्यको आलु नष्ट
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
साउन १६, २०७६ बिहिबार १८:१९:७
![](https://nepalbahas.prixacdn.net/media/albums/potato_AA_ZpojmsHHRk.jpg)
गाइघाट । असारको चौथो सातामा आएको निरन्तर भीषण वर्षाको कारण उदयपुर जिल्लाको मध्य उत्तरी पहाडी क्षेत्रको सडकहरु पहिरो र बाढीको कारण भत्केर यातायात सञ्चालन अवरुद्ध हुँदा अहिले यस क्षेत्रमा उत्पादन भएको करोडौँ मूल्यका आलुहरु कुहिन थालेपछि आलु उत्पादक कृषकहरु मारमा पर्न थालेका छन् ।
जिल्लाको पहाडी क्षेत्र रौतामाई गाउँपालिकाको डिल्लीबर, माझखर्क, इनामे, नामेटार र लिम्चुङबुङ गाउँपालिकाको सातदोबाटे, बराह क्षेत्रमा उत्पादन भएको करोडौँ मूल्यको आलु अहिलेसम्म पनि सडक अवरुद्ध हुँदा र यातायात सञ्चालन हुन नसक्दा यस क्षेत्रमा उत्पादन भएका आलुहरु अन्यत्र पैठारी गर्ने समस्या आएपछि कुहिन थालेको स्थानीय आलु उत्पादक कृषकहरुको गुनासो छ ।
रौतामाई गाउँपालिका–६ माझखर्क टाट्नेका आलु उत्पादक कृषक गोम्बु शेर्पा भन्छन्, “वैशाख, जेठमा नै उत्पादन गरेको आलु असार लाग्ना साथ बिक्री गर्ने तयारीमा रहेका थियौँ, अचानक वर्षासँगै बाढी पहिरोले सडक भत्कन पुग्यो, अहिलेसम्म पनि सडक सञ्चालन हुन नसक्दा अन्यत्र बिक्री गर्न लागेको आफूहरुको आलु कुहिन थाल्यो ।”
“यस्तै रौतामाई इनामेका कृषक कृष्णबहादुर तामाङको पनि गुनासो यस्तै छ,” तामाङ भन्छन्, “आलु बारीबाट उठाएर भर्खरै बिक्री गर्ने तयारी भएको बेला सडक अवरुद्ध हुन पुग्यो, अहिलेसम्म सडक सञ्चालन हुन नसक्दा आफूहरुको आलु अहिले बिग्रन थालेको छ, तत्काल बिक्री गर्नुपर्ने आलु घरको कोठामा राख्नाले कुहिन थाल्यो ।”
माझखर्क इनामे, डिल्लीबर हुँदै मुर्कुची बजार भएर गाईघाट, सिराहाको लहान र सप्तरीको राजविराज तथा पूर्वी क्षेत्रको इटहरी र विराटनगरसम्म खरिद–बिक्री हुने गरेको आफूहरुको उत्पादित आलु यस पटक सडक अवरुद्धका कारण एक महिनासम्म बिक्री गर्न नपाउँदा आलु भण्डारन गरिएको कोठाहरुमा नै कुहिन थालेको इनामेकै अर्का कृषक हर्कबहादुर तामाङको गुनासो छ ।
यस्तै लिम्चुङबुको पल्लो माझखर्क सातदोबाटे र बराहमा उत्पादन गरिएको आलुहरु पनि अहिले सडक अवरुद्ध भएपछि अन्यत्र पैठारी गर्न नपाएपछि कुहिन थालेका कारण आलु बिक्रीबाट यस पटक आफूहरु ठूलो घाटा व्यहोर्नुपर्ने अवस्था आएको सातदोबाटेका कृषक खम्बराज कार्कीले बताए ।
कार्कीका अनुसार यस क्षेत्रमा हिउँदे आलु मात्र करोडौँ मूल्यको उत्पादन हुने गरेको र यसपटक बिक्री नै गर्न नपाई सडक अवरुद्ध हुन पुगेको कारण आफूहरुको उत्पादित आलु बिग्रने अवस्थामा पुगेपछि ठूलो आर्थिक घाटा व्यहोर्नुपर्ने अवस्था आएको कार्की बताउछन् ।
जिल्लाको सदरमुकाम गाईघाट हुँदै मुर्कुची, डिल्लीबजार, माझखर्क तथा गाईघाट, रौता, भुटार इनामे माझखर्क दुवै क्षेत्रका पहाडी सडकहरु असारको अन्तिम हप्ता आएको भीषण वर्षापछिको पहिरोले कतै सडक भत्किएको र कतै पहिराले सडकहरु पुरिएपछि पहाडी सडक अवरुद्ध हुन पुगेको सो क्षेत्रका जनप्रतिनिधिहरु बताउँछन् ।
कम्तीमा पनि सो पहाडी क्षेत्रको सडक अवरुद्ध खुलाउन महिनौँ दिनभन्दा बढी समय लाग्नेसमेत रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्र खड्का बताउछन् । अहिले रौतामाई लिम्चुङबुङ, माझखर्क इनामे क्षेत्रको सडक अवरुद्ध खुलाउन पहल शुरु भएको पनि लिम्चुङबुङ गाउँपालिकाकी उपाध्यक्ष रमिला राई बताउछन् ।
तत्काल सडक खुलाउन लिम्चुङबुङ गाउँपालिकाले २५ लाख रौतामाई गाउँपालिकाले १५ लाख खर्च गर्ने तयारी गरेको पनि सो गाउँपालिकाका जनप्रतिनिधिहरु बताउँछन् ।
यस्तै प्रदेश नं १ को सरकारका तर्फबाट सो तीनै क्षेत्रको पहाडी सडक सञ्चालन गर्न रु ५० लाख सहयोग गर्न लागिएको उदयपुरबाट प्रदेश नं १ का सांसद नारायण बुर्जा मगरले बताए । स्थानीय प्राविधिकहरुका अनुसार यस क्षेत्रको सडक अवरुद्ध हटाउन महिनाभन्दा बढी लाग्ने र दुई करोडसम्म रकम बिना सडक खुल्न नसक्ने सडकका प्राविधिकहरु बताउँछन् ।
समयमा सडक खुल्न नसक्दा अहिले जिल्लाको यी पहाडी क्षेत्रमा खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुहरुको चरम अभावको समस्या देखापरेको छ भने कृषकहरुले उत्पादन गरेको आलुसमेत अन्यत्र पैठारी हुन नसक्दा उत्पादित आलुहरु कुहिन थालेपछि कृषकहरु मारमा पर्न थालेको व्यापक गुनासो कृषकको रहेको छ ।
यस क्षेत्रमा जिल्लाकै सबैभन्दा बढी आलु उत्पादन हुने आलु पकेट क्षेत्रका रुपमा रहेको छ भने यस क्षेत्रका ६० प्रतिशत कृषक आलु उत्पादनमा निर्भर हुँदै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपग्रामीण सडक कालोपत्र, मुख्य सडकको समस्या उस्तै
असार ८, २०८१ शनिबार
मदिरा र सुर्तीजन्य वस्तुमा कर वृद्धि
जेठ १५, २०८१ मंगलबार
बजेटबारे नेताहरूको मिश्रित प्रतिक्रिया : कोही भन्छन्- राम्रो, कोही भन्छन् नराम्रो !
जेठ १५, २०८१ मंगलबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
अन्तरिक्षबाट घरको छतमा टुक्रा खसेपछि नासाविरुद्ध मुद्धा दायर
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
भारतको सेमिफाइनल खेलमा वर्षा भयो भने के हुन्छ ?
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
सशस्त्र प्रहरीका एसपी र डीएसपी सरुवामा गृहमन्त्रीको मनलाग्दी
असार १२, २०८१ बुधबार
यी राशीमा ३ दिनपछि आर्थिक संकटको छायाँ पर्न सक्छ !
असार १२, २०८१ बुधबार
नेपाल आइडल विजेता करण परियारलाई प्रधानमन्त्रीले दिए बधाई, गितार उपहार
असार १२, २०८१ बुधबार
कलाकार संघले भन्यो- स्वस्तिमा-साम्राज्ञीको अभिव्यक्ति गैरजिम्मेवारपूर्ण
असार १२, २०८१ बुधबार
अब साउनदेखि सिंहदरबार प्रवेश गर्न 'इ–गेटपास'को व्यवस्था गरिने
असार १२, २०८१ बुधबार
ढल्केबर–इनरुवा प्रसारण लाइन सञ्चालन
असार १२, २०८१ बुधबार
देशका विभिन्न नदीमा पानीको बहाव बढ्दै, सतर्कता अपनाउन आग्रह
असार १२, २०८१ बुधबार
कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल
असार १२, २०८१ बुधबार