महाधिवेशनको पूर्व सन्ध्यामा कोइराला गुटको उदय
नेपालबहस संवाददाता
साउन १९, २०७६ सोमबार २:३९:५५
खगेन्द्र भण्डारी
काठमाडौं । १४ औं महाधिवेशनको संघारमा रहेको नेपाली कांग्रेसमा अब चौथो धारका रुपमा कोइराला गुट अस्तित्वमा आउने सुरसारमा देखिएको छ । देउवा, पौडेल र सिटौला गुटले समग्र कांग्रेस अस्तित्वविहिन हुँदै गरेको बेला कोइराला गुटको उदयले पार्टीलाई कुन दिशातर्फ लैजाने हो अहिल्यै यकिन गर्नसक्ने अवस्था भने छैन ।
पार्टी भित्र मौलाएको गतिविधि र विकसित परिवेशले आसन्न चौधौं महाधिवेशनको पूर्व सन्ध्यामा कोइराला गुटको सक्रियता बढ्ने संकेत मिलेको छ । खासगरी बीपी कोइराला परिवारका सदस्यको नेतृत्वमा शुरु भएको गतिविधिले अन्ततः नयाँ गुट सिर्जना गर्ने संकेत मिलेको हो ।
बीपी लगायत धेरै नेता कार्यकर्ताले सिंगो नेपाली कांग्रेस निर्माण गरेको गौरवशाली पार्टी अहिले विभिन्न गुट उपगुटमा विभक्त छ । अहिले केवल कांग्रेस बनेर मात्र बस्छु भन्ने कार्यकर्ताको यो पार्टीमा कुनै अस्तित्व देखिंदैन । खासगरी शेरबहादुर देउवा पार्टी नेतृत्वमा आएपछि कांग्रेसमा गुट उपगुटले मौलाउने मौका पाएको छ । गुट उपगुटलाई नै देउवाले संवोधन , संरक्षण र महत्व दिने नीति लिएपछि सिंगो कांग्रेस अस्तित्वको लडाई लडिरहेको छ ।
देउवा पार्टी सभापति त छन् प्राविधिक रुपमा तर उनको कार्यशैली गुटगत राजनीतिमा रमाउने खालको छ । स्वयं एउटा गुटको संरक्षकको भूमिकामा रहेका छन् देउवा । पार्टी सभापति नै गुटमा रमाएपछि स्वभाविक रुपमा गटगत राजनीति फस्टाउने नै भयोे । त्यसैको प्रभावका रुपमा कृष्णप्रसाद सिटौलाले तेस्रो धार भन्दै नयाँ गुट सिर्जना गरे । त्यो गुटलाई देउवाले महत्व दिएपछि गुटको राजनीति नै फाप्ने विश्वास नेता कार्यकर्तामा पलाएको छ ।
विगतमा पनि कांग्रेस भित्र गुट उपगुट नभएका होइनन् । तर सबैलाई मिलाएर सिंगो कांग्रेस निर्माणमा नेताहरु अग्रसर हुन्थे । बीपी र सुवर्ण शमसेरबीच ठूलो मतान्तर थियो । तर पार्टीले निर्णय गरिसकेपछि सबैको सम्पति हुने गथ्र्याे । बिगतमा पनि गणेशमान सिंह , कृष्णप्रसाद भट्टराईलगायत धेरै नेताले बीपीका कतिपय विचार र निर्णयप्रति असहमति राखेका छन् । तर पार्टीले निर्णय गरी सक्दा त्यसको स्वामित्व ग्रहण गर्न नेताहरु पछि हटेनन् । त्यसैले सिंगो कांग्रेस निर्माण भएको थियो ।
अहिले परिस्थिति विल्कुलै भिन्न छ । नेता र नेतृत्वकै कुनै हैसियत र गरिमा रहेन । देउवा पार्टी सभापति त छन् प्राविधिक रुपमा तर उनको कार्यशैली गुटगत राजनीतिमा रमाउने खालको छ । स्वयं एउटा गुटको संरक्षकको भूमिकामा रहेका छन् देउवा । पार्टी सभापति नै गुटमा रमाएपछि स्वभाविक रुपमा गटगत राजनीति फस्टाउने नै भयोे । त्यसैको प्रभावका रुपमा कृष्णप्रसाद सिटौलाले तेस्रो धार भन्दै नयाँ गुट सिर्जना गरे । त्यो गुटलाई देउवाले महत्व दिएपछि गुटको राजनीति नै फाप्ने विश्वास नेता कार्यकर्तामा पलाएको छ ।
उनी अब कांग्रेसको नेतृत्व पुनः कोइराला परिवारमै फिर्ता गर्ने अभियानमा लागेको देखिन्छ । यस प्रयोजनका लागि उनले अहिले चर्चामा रहेका महामन्त्री डा. शशांक कोइराला र गिरिजाप्रसाद पुत्री सुजातालाई मिलाउने काम गरेका छन् ।
आउने १४ औं महाधिवेशनमा कोइरालाहरु आफूलाई बेग्लै धारमा उभ्याउन चाहन्छन् । विगतमा कोइरालाको विरासत वरिष्ठ नेता रामचन्द्र पौडेललाई सुम्पँदा कुनै परिणाम नआएकाले विकल्प खोज्न थालिएको जस्तो देखिन्छ । डा. शेखर कोइरालाले यसको दरकार बढी परेको भान दिने खालको गतिविधि अघि बढाएका छन् ।
पार्टीको १३ औं महाधिवेशनमा सर्वाधिक मत ल्याएर केन्द्रीय सदस्य निर्वाचित डा. शेखर संस्थापन पक्षको कटु आलोचक देखिएका छन् र देउवाको कार्यशैलीको उनले चर्काे आलोचना गर्दै आएका छन् । उनी अब कांग्रेसको नेतृत्व पुनः कोइराला परिवारमै फिर्ता गर्ने अभियानमा लागेको देखिन्छ । यस प्रयोजनका लागि उनले अहिले चर्चामा रहेका महामन्त्री डा. शशांक कोइराला र गिरिजाप्रसाद पुत्री सुजातालाई मिलाउने काम गरेका छन् ।
अहिले चर्चामा रहेका तीन कोइराला मध्ये महामन्त्री शशांक शालीन स्वभावका छन् । बीपीका कनिष्ठ सुपुत्र शशांक गएको महाधिवेशनमा देउवा विरोधी खेमाबाट महामन्त्री पदमा चुनाव लडेका थिए । देउवा पक्षबाट लडेका अर्जुननरसिंह के सी कार्यकर्ता माझ लोकप्रिय छन् । साथै, सिटौला गुटबाट लडेका गगन थापा युवा पुस्ताका चर्चित र लोकप्रिय नेता हुन् । यी दुबैलाई ठूलो मतान्तरले जिते डा. शशांकले । उनको यस जितमा देउवा र खुमबहादुरको भित्री रुपमा ठुलो साथ र सर्मथन थियो ।
देउवाको ज्यादति र गलत कामको उनी सार्वजनिक रुपमै खुलेर आलोचना गर्छन् । साथै देशव्यापी रुपमा उनी संगठन गर्न कस्सिएका छन् । देश दौडहामा उनी हिंडेकाले पनि कार्यकर्तामा केही ढाढ्स मिलेको छ ।
पार्टीको शक्तिशाली महामन्त्री पदमा विजयी भएपनि शशांकले आफ्नो प्रतिभा र क्षमता भने देखाउन सकेनन् । केवल बीपी पुत्रका रुपमा कार्यकर्ताले उनलाई भरोसा र सम्मान गरे । कार्यकर्ताले उनीबाट ठूलै अपेक्षा गरेका हुन् । तर शशांक आफ्नो दायित्वप्रति धेरै सजग र सचेत देखिएनन् । पार्टी भित्र देउवा पक्षको ज्यादती छ, एकलौटी छ । देउवाकै कार्यशैलीले नेपाली कांग्रेसले धेरै गुमाएको छ । गएको आम निर्वाचनमा सोत्तर हुने गरी पार्टी पराजित हुुुँदासमेत देउवाले जिम्मेवारी लिन चाहेनन् । बरु सिंगो कार्यसमितिको थाप्लोमा हालेर उम्कने प्रयास गरे । यस्तो अवस्थामा समेत शशांक मौन रहे । जसले गर्दा उनीप्रतिको विश्वास र भरोसा डग्मगाएको छ ।
उता, अर्का नेता डा. शेखर भने तुलनात्मक रुपमा खरो र कोइराला स्वभाव देखाइरहेका छन् । देउवाको ज्यादति र गलत कामको उनी सार्वजनिक रुपमै खुलेर आलोचना गर्छन् । साथै देशव्यापी रुपमा उनी संगठन गर्न कस्सिएका छन् । देश दौडहामा उनी हिंडेकाले पनि कार्यकर्तामा केही ढाढ्स मिलेको छ । गएको आम निर्वाचनमा पराजित भएकाले उनको नैतिक बल कमजोर भएको छ । त्यसले उनको लोकप्रियताको ग्राफ घटेको प्रतीत हुन्छ । तर उनी निरन्तर पार्टी संगठनमा लागेकाले कार्यकर्तामा एकखाले आशा भने जगाएका छन् ।
यस्तै गिरिजा पुत्री सुजाता चाहिं पछिल्लो समय ओझेलमा छिन् । क्यान्सरपीडित उनी रोगविरुद्ध लड्नमै बढी ध्यान दिनुपर्ने अवस्थामा रहेकी छन् । तैपनि बेला बेला कोइरालाको विरासत धान्ने गरी उनी नेताहरुलाई लञ्च डिनर गराउने अभियानमा जुटेको देखिन्छ । कोइरालाहरुबीचको एकताले नै कार्यकर्तामा उत्साह थप्ने राम्ररी बुझेकी सुजाता दाजु शेखर र भाई शशांकलाई बेला बेला बोलाएर छलफल गर्न उत्सुक देखिएकी छन् । तीन कोइरालाबीचको संवाद र भेटघाटले पनि कार्यकर्तामा उर्जा थप्ने काम गरेका छ ।
गएको महाधिवेशनमा देउवासँग पराजित भएपछि पौडेल आफैं पनि विस्तारै शिथिल बनेको अनुभूत हुन थालेको छ । कार्यकर्ताको संरक्षण नगर्ने र सानो चित्त लिएर बस्ने नेताको छवि बनाएका पौडेल आउने महाधिवेशनमा एकपटक फेरि सभापतिको आकांक्षी हुने अनुमान गर्न सकिन्छ । तर पौडेललाई नै शीरमा लिएर हिंडे फेरि पनि असफलता हात लाग्ने बुझाई कोइराला पक्षको देखिन्छ ।
तर कोइराला पक्ष भनेर अलग गुट निर्माण गर्न नहुने धारणा उनको रहेको छ । उनले चाहे पनि नचाहेपनि एकथरि कार्यकर्ता भने अब कोइरालाकै वर्चश्वमा कांग्रेस जानुपर्छ भन्ने मान्यतामा रहेको देखिन्छ । त्यसैले पनि चाहँदा नचाहँदै कोइराला गुट अस्तित्वमा आउनै पर्ने अवस्था निर्माण हुन थालेको छ । आउने महाधिवेशनमा सभापति पदमा एकजना कोइराला उमेदवार बनाउनुपर्ने पक्षमा धेरै नेता कार्यकर्ता रहेको बुझिन्छ । त्यसका लागि को उपयुक्त होला भन्ने चाहिं कार्यकर्ता तहबाटै राय लिएर निर्णय गर्नु सान्दर्भिक हुनेछ ।
हिजो कोइराला खेमा भनेर चिनिएका कार्यकर्ता पौडेलसँग निकट भए । तर पौडेलमा सबैलाई समेट्ने क्षमताको सर्वथा अभाव देखियो । गएको महाधिवेशनमा देउवासँग पराजित भएपछि पौडेल आफैं पनि विस्तारै शिथिल बनेको अनुभूत हुन थालेको छ । कार्यकर्ताको संरक्षण नगर्ने र सानो चित्त लिएर बस्ने नेताको छवि बनाएका पौडेल आउने महाधिवेशनमा एकपटक फेरि सभापतिको आकांक्षी हुने अनुमान गर्न सकिन्छ । तर पौडेललाई नै शीरमा लिएर हिंडे फेरि पनि असफलता हात लाग्ने बुझाई कोइराला पक्षको देखिन्छ ।
त्यसैले पनि अबको महाधिवेशनमा कोइरालामध्येबाट एकजना मात्र उम्मेदवार बने देउवालाई धेरै अफ्ठेरो बन्ने स्थिति छ । यसको राम्रो अध्ययन विश्लेषण गरेका देउवा पक्षीय नेता भने आउने महाधिवेशनमा पौडेल र कोइराला दुबैलाई उमेदवार बनाउन सके सहज हुने बुझाईमा छन् ।
देउवा स्वयं पनि बेला बेला शशांकलाई नै उमेदवार बन्न सल्लाह दिने गरेको उनी सम्वद्ध नेता बताउँछन् । कोइरालाहरु मध्येबाट एकजना मात्र उमेदवार हुने र पौडेल नउठ्ने हो भने देउवाको दोस्रो कार्यकालको आकांक्षा पूरा नहुने निश्चित छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपन्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार