प्राङ्गारिक जुम्ली स्याउ पाक्न शुरू, नपाकेका स्याउ नटिप्न सुझाव
नेपालबहस संवाददाता
साउन २१, २०७६ मंगलबार १३:५४:४३
विजय रावत रासस
खलङ्गा । जुम्लाका किसानलाई नपाकेको स्याउ नटिप्न सुझाव दिइएको छ । अपरिपक्व अवस्थामा स्याउ टिप्दा गुणस्तर खस्किँदै जाँदा पहिचान गुम्ने खतरा बढेकाले राम्रोसँग पाकेपछि मात्रै स्याउ टिप्न आग्रह गरिएको हो ।
कृषि प्राविधिकका अनुसार भदौ पहिलो सातापछि मात्रै स्याउ टिप्दा उपयुक्त मानिन्छ । नपाकेको स्याउ टिप्दा बजारीकरणमा चुनौती हुने र पहिचान गुम्ने कृषि ज्ञान केन्द्रका अधिकृत खेमराज शाहीले जानकारी दिए ।
उनले सुरक्षित स्याउ टिपाइ तथा बजारीकरणका लागि जोड दिन आग्रह गरे । साउनमै पाकी नसकेको स्याउ जिल्ला बाहिर गएको सुन्नमा आएकाले यस्तो कार्य नगर्न सुझाव दिइएको उनले बताए ।
स्याउको रङ्ग ७० प्रतिशत भन्दा माथि भइसकेपछि मात्रै बिक्री गर्न किसानलाई उनले आग्रह गरेका छन् । भदौ महीनाको पहिलो हप्ता भन्दा अगावै स्याउ बिक्री गर्ने किसान र व्यापारीलाई कारवाहीको दायरामा ल्याइने प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताए । “स्याउ प्याकेजिङमै समस्यै समस्या छ, किसान हतारिन जरुरी छैन”, उनले भने ।
किसान र व्यापारी बीचमा समन्वय गरेर लिँदा जुम्लाको स्याउ बाह्य बजारमा बिक्रिका लागि उपयुक्त हुने उनको तर्क छ । साउन महीनादेखि केही स्याउ पाक्न थालेपछि अहिले जुम्लाका स्याउका बगैँचा राताम्मे भएका छन् ।
कृषि ज्ञान केन्द्रको तथ्याङ्कअनुसार जिल्लाका तीन हजार ४५० हेक्टर क्षेत्रफलमा स्याउका बिरुवा रोपिएका छन् । त्यो मध्ये नौ सय हेक्टरमा स्याउ फल्ने कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ । आर्थिक वर्ष २०७४/७५ मा पाँच हजार ४०० मेट्रिक टन स्याउ उत्पादन भएको थियो । गत आर्थिक वर्षमा रु १७ करोड बढीको स्याउ बिक्री भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण स्याउ सुपरजोनले जनाएको छ ।
जुम्लामा इटालियन फुजी र गाला नामक स्याउ फल्न थालेका छन् । सुपरजोनका कृषि वैज्ञानिक जोगेन्द्र कान्दुकका अनुसार पुराना स्याउ बिरुवाको संरक्षणसँगै नयाँ प्रविधिका काम सुपरजोनले गर्दै आएको छ । यो वर्ष चाँडै रातो भएका र गुलियो हुन अझै समय लाग्ने उनले बताए ।
विसं २०३२ मा तत्कालीन रानी ऐश्वर्यको जुम्लामा भ्रमण भएपछि यहाँको कार्तिकस्वामीको गैरागाउँँमा स्याउको बागबानी केन्द्र स्थापना भएको हो । बागबानी केन्द्रमा विसं २०३४मा स्याउका बिरुवा उत्पादन गर्दै जिल्लाका केही स्थानमा किसानले नमूनाका रूपमा अगाडि बढाएका थिए । प्राङ्गारिक जुम्ली स्याउ पाक्न शुुरु गरेको छ ।
पछिल्लो समयमा जुम्लामा स्याउखेती फष्टाउन थालेको छ । धेरैजसो घरधुरीमा स्याउका बगैँचा लगाइएका छन् । एक दशक अघि जुम्लाको १४आँै जिल्ला परिषद्ले एक घर एक स्याउ बगैँचा भन्ने अवधारणा ल्याएपछि किसानलाई स्याउ खेतीमा केन्द्रीत गर्ने अभियान सफल बन्दै गएको हो । सुपरजोन जुम्लाका कृषि वैज्ञानिक जोगेन्द्र कान्तुका अनुसार पुराना स्याउ बिरुवाको संरक्षणसँगै नयाँ प्रविधिका काम सुपरजोनले गर्दै आएको छ ।
साउनमा अम्ब्रे, मेकलतोष स्याउ पाकिसकेका छन् । भदौ १५ पछि मात्र स्याउ टिप्न मिल्ने उनको सुझाव छ । एक दशकदेखि सुर्खेत–जुम्ला–कर्णाली राजमार्ग जोडिएपछि यहाँका किसान स्याउखेतीतर्फ बढी लागेका छन् ।
अहिले किसाले स्याउबाट रु २० हजारदेखि १५ लाख रुपियाँ आम्दानी गरिरहेका छन् । अहिले जुम्लामा कम्तीमा १२ जातका स्याउ फल्ने कृषि विज्ञले बताएका छन् । कृषि प्राविधिक शाहीका अनुसार जुम्लामा हाल रोपिएका फल्ने स्याउ गोेल्डेन डेलिसेस, रेड डेलिसेस, रोयल डेलिसेस, जोनाथान, कक्स ओरेन्ज टिपिन, म्याकन्ज, इटालिएन फुजी र गालासहित एक दर्जन स्याउका बिरुवा रोपिएका र फल्ने गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको छलफल
भदौ २६, २०८१ बुधबार
बागलुङको लेकमा उत्पादित कपडा विदेश निर्यात
भदौ १९, २०८१ बुधबार
ग्रामीण सडक कालोपत्र, मुख्य सडकको समस्या उस्तै
असार ८, २०८१ शनिबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार