हराउँदै लाखेनाच
नेपालबहस संवाददाता
साउन २२, २०७६ बुधबार १७:१६:४५
पर्वत । पछिल्लो केही वर्षयता हराउँदै गएको लाखेनाचको संरक्षणमा यहाँका नेवार समुदायले सक्रियता देखाउन थालेका छन् ।
नेपालका मौलिक नाचहरुमध्ये लाखेनाच लोकप्रिय नाचको रुपमा रहे पनि युवापुस्तामा रुचि नहुँदा यो संस्कृति हराउँदै जान थालेको थियो । जात्रा वा विशेष अवसरमा नेवार समुदायले प्रदर्शन गर्दै आएको लाखेनाच केही वर्षअघि विभिन्न अवसरमा देख्न पाइन्थ्यो । तर, पछिल्लो समय देख्न मुस्किल हुन थालेको छ ।
लाखे नाच्न जान्ने र युवापुस्ताले यसको महत्व नदिँदा हराउँदै गएको हो । त्यसैले हराउँदै गएको लाखेनाचको संरक्षणमा कुश्मा नगरपालिका–५ मा रहेको नेवाः सांस्कृतिक समूह यसको संरक्षणमा जुटेको छ ।
नागपञ्चमीदेखि कृष्ण जन्माष्टमीसम्म हरेक दिन सदरमुकाम कुश्माबजारमा लाखेनाच देखाउन शुरु गरिएको समूहका अध्यक्ष तेजप्रसाद श्रेष्ठले बताए। “पहिले–पहिले गाउँगाउँमा पनि लाखेनाच देख्न पाइन्थ्यो । पछिल्लो समय सदरमुकाममै पनि लाखे देख्न मुस्किल छ, लोप हुन लागेको छ”, उनले भने, “यसको संरक्षण गर्न हरेक वर्ष यसरी नै लाखेनाच गर्दै आएका छौँ, अरूले सहयोग गर्लान्, यसो भन्लान् भनेर होइन, हामी रहेसम्म लाखे हराउन दिन्नौँ ।”
सदरमुकाममा बसोबास गर्दै आएका नेवारहरूले जन्माष्टमीसम्म पाँच प्रकारका नाचहरू देखाउने गरेका छन् । स्थानीय राम श्रेष्ठका अनुसार नागपञ्चमीको दिनदेखि शुरु भएको लाखेनाच कृष्ण जन्माष्टमीसम्म हरेक दिन साँझ बजार परिक्रमा गराउँदै प्रदर्शन गरिन्छ ।
जनैपूर्णिमासम्म लाखेनाच तथा त्यसपछि रोपाइँजात्रा, गाईजात्रा, बाघजात्रा र हनुमान नाच प्रदर्शन गरिने उहाँले बताए । “हामी हरेक दिन लाखे नचाउँछौँ ।
रोपाइँजात्रामा रोपाइँ गर्दै, गाईजात्रा हास्यव्यङ्ग्यसहित गाई बनाउँदै, बाघजात्रामा बाघहरूको नाच र लडाइँ देखाउँदै र हनुमान नाचमा हनुमान बनाएर हनुमानका व्यवहारहरू देखाउने गरिन्छ”, उनले भने, “यी नाचहरूको संरक्षणका लागि अहिलेका युवा र केटाकेटीलाई पनि लाखे बनाएर नचाउँछौ।”
हरेक दिन लाखेनाच प्रदर्शन गर्दा खर्च हुने भएकाले कोषमार्फत लाखे नचाउने गरिएको छ । धेरै वर्षअघि स्थापना भएको कोषमा करीब रु २० लाख रहेको र त्यसैबाट जात्रा र नाचका लागि खर्च हुने गरेको छ ।
उक्त कोषबाट लाखेनाच मात्र होइन, नेवार समुदायभित्रका कोही पनि व्यक्तिलाई अप्ठ्यारो परेको बेलामा आर्थिक सहयोग पनि गर्ने गरिएको छ ।
–––
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपघाटु नाँच संरक्षणमा सोरबिस्नाका गुरुङ
जेठ ६, २०८१ आइतबार
दुःखबाट मुक्ति पाउन मोहिनी एकादशी पर्व मनाइँदै
जेठ ६, २०८१ आइतबार
छिन्नमस्ता जयन्ती किन मनाइन्छ, यसको महत्व के छ ?
बैशाख ३१, २०८१ सोमबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
कलेजो क्यान्सर भएको कसरी थाहा पाउने ? यस्ता छन् लक्ष्णहरु !
नेपालबहस संवाददाता
जेठ ५, २०८१ शनिबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
जेठ ७, २०८१ सोमबार
राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध, बैठक स्थगित
जेठ ७, २०८१ सोमबार
कलुवापुर–बेलौरी राजमार्गको कालोपत्र गर्ने कार्य अझै अगाडि बढेन
जेठ ७, २०८१ सोमबार
संसदीय दलको बैठकपछि कांग्रेसले पत्रकार सम्मेलन गर्ने
जेठ ७, २०८१ सोमबार
बारामा दश महिनामा रु दुई करोड ४३ लाख राजस्व संकलन
जेठ ७, २०८१ सोमबार
तीव्र हावा तथा भारी वर्षाका कारण श्रीलङ्कामा दश हजारभन्दा बढी प्रभावित
जेठ ७, २०८१ सोमबार