काठमाडौंमा विश्वकर्मा सुनचाँदी व्यवसायीकोे वृहत भेला हुने
नेपालबहस संवाददाता
साउन २२, २०७६ बिहिबार १:२५:१४
काठमाडौं । प्रदेश न ३ को विश्वकर्मा सुनचाँदी व्यवसायी संञ्जालले आफ्नो सिप तथा पेसालाई संरक्षण गर्न वृहत भेला गर्ने भएको छ ।
विश्वकर्माहरुको एकता, सुनचाँदी व्यवसायीमा एकरुपता र राष्ट्र निमार्णमा हाम्रो सहभागीता भन्ने मुल नाराका साथ व्यवसायीले साउन २५ शनिबार वृहत भेलाको आयोजना गरेको हो ।
विश्वकर्मा सुनचाँदी व्यवसायी प्रदेश न ३ ले आयोजना गरेको कार्यक्रममा युवा तथा खेलकुद मन्त्री मा. जगत बहादुर विश्वकर्मा प्रमुख अथितिको रहने आयोजकले जनाएको छ । कार्यक्रममा नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मिन विश्वकर्मा विशिष्ट अथितिको रुपमा रहने र साथै प्रदेशका सुनचाँदी व्यवसायीहरुको सहभागीता रहने भेला समितिका संयोजक राम प्रसाद लकान्दीले बताए ।
आगामी शनिबार बालुवाटारको डेलिस ओपेरा रेष्ट्रो एण्ड ब्याङकेटमा बिहान ११ बजे हुने कार्यक्रममा अहिले चर्चित गायक प्रकाश सपुतको बेजोड प्रस्तुति रहने भेला सम्पर्क समितिका रमेश रसाइलीले बताए ।
करिव एक बर्षअघि चितवनको नारायणघाटमा सुनचाँदी व्यवसायी अर्जुन रसाइली र प्रकाश गहतराज लगायतका व्यवसायीको सहकार्यमा गठन भएको विश्वकर्मा एकता सञ्जाललाई अहिले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म विस्तार गरिएको छ ।
भेला समितिका संयोजक लकान्दी भन्छन्,प्रदेश न २,५ र ७ मा प्रदेश सञ्जाल गठन भैइसकेको र प्रदेश न ४,३,१र ६ बाँकी रहेकाले यसैलाई विस्तार गर्न ३ नम्बर प्रदेशलाई ठूलो सहज हुने भएकाले भेलाको आयोजना गरिएको हो ।साथै भेलामा प्रदेश न ३ का १३ वटै जिल्लाका व्यवसायीहरुको सहभागीता रहने भएको छ ।
भेलामा पछिल्लो समय नेपाली बजारमा बढ्दै गइरहेको सुनचाँदीको भाउ ,विश्वकर्माले सुनचाँदी व्यवसायलाई कसरी संरक्षण गर्न सक्छन् र अब आधुनिक तरिकाले पेसा र सिपलाई कसरी अगाडी बढाउन सकिन्छ भन्ने विषयमा पनि छलफल हुने भेला सम्पर्क समितिका रमेश रसाइलीले बताए ।
नेपालबहससंग कुराकानी गर्दै रसाइली भन्छन, “म तपाईको यसै अनलाइन मार्फत आफ्नो पेसा र सिपको संरक्षण गर्न सम्पूर्ण विश्वकर्मा लगायत प्रदेश न ३ का सुनचाँदी व्यवसायीलाई सक्रिय सहिभागीताका लागी आग्रह गर्न चाहान्छु ।”
यो पनि पढ्नुस:
तीजको पूर्वसन्ध्यामा पनि सुनचाँदी पसल सुनसान, किन बढ्यो सुनको भाउ ?
नेपाली बजारमा सुनको भाउ इतिहाँसकै महङ्गो
सुन तोलाको ६७ हजार !
तीज नजिकिएसँगै सुनको मूल्य उच्च
सुनको मुल्य अहिलेसम्मकै उच्च, प्रतितोला ६५ हजार आठ सयमा कारोवार
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआठ खर्ब ५३ अर्ब लागतका विभिन्न आयोजना अगाडि बढाउँदै विद्युत् उत्पादन कम्पनी
जेठ ७, २०८१ सोमबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
सडक आन्दोलनबारे निर्णय गर्न कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
जेठ ७, २०८१ सोमबार
नेप्सेमा आज उच्च अङ्कको वृद्धि, पाँच अर्ब ८५ करोडको कारोबार
जेठ ७, २०८१ सोमबार
के अमेरिकामा भन्या जस्तो कमाउन सजिलो छ ?
जेठ ७, २०८१ सोमबार
कोरियन नागरिकको सहयोगमा विद्यालयमा शौचालय
जेठ ७, २०८१ सोमबार
महिला उद्योगी व्यवसायी बढ्दै, १० महिनामा दुई करोड ६३ लाख राजस्व संकलन
जेठ ७, २०८१ सोमबार