निर्माणाधीन आश्रम भवनलाई पाँच लाख ६२ हजार सहयोग
नेपालबहस संवाददाता
साउन २३, २०७६ बिहिबार १७:३२:२०
चितवन । इच्छाकामना गाउँपालिका–४ कुरिनटारस्थित इच्छाकामना मन्दिर परिसरमा निर्माण भइरहेको आश्रमका लागि विभिन्न व्यक्तिबाट रु पाँच लाख ६२ हजार २०० सहयोग प्राप्त भएको छ । एक स्थानीयवासी इच्छाकामना–४ कुरिनटारका ध्रुवराज त्रिपाठीले रु पाँच लाखको चेक गाउँपालिका उपाध्यक्ष कृतिकुमार श्रेष्ठ र मन्दिर व्यवस्थापन समितिलाई हस्तान्तरण गरेका हुन् ।
यसैबीच स्थानीय खोमप्रसाद त्रिपाठी र बिजुला त्रिपाठीले रु ५१ हजार १०१, पदमकुमारी सिलवालले रु पाँच हजार १०० र श्रीमाय अधिकारीले रु पाँच हजार सहयोग हस्तान्तरण गरेका छन् । बुधबार एक कार्यक्रमबीच उनीहरूले उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन् ।
रु एक करोड लागतमा बन्ने उक्त भवन वृद्धाश्रम, सत्तल, पुस्तकालय सभाहललगायत सामाजिककार्यमा प्रयोग गरिने मन्दिर समितिका अध्यक्ष बुद्धिप्रसाद सिलवालले बताए । भवन निर्माणका लागि गाउँपालिकाले गत वर्ष रु चार लाख सहयोग गरेको बताए । साथै उनले अन्य रकम स्थानीयवासी विभिन्न उद्योगी/व्यवसायी तथा सामाजसेवीको सहयोगमा भवन निर्माण भइरहेको बताए ।
अहिलेसम्म रु १९ लाख खर्च भइसकेको र भवन निर्माण सम्पन्न गर्न रु एक करोड लाग्ने मन्दिर निर्माण समितिका अध्यक्ष शङ्कर सिलवालले बताए । गाउँपालिका उपाध्यक्ष कृतिकुमार श्रेष्ठले भवन सम्पन्न गर्नका लागि गाउँपालिकाले यस आर्थिक वर्षमा रु ११ लाख रकम छुट्याइएको बताए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपघाटु नाँच संरक्षणमा सोरबिस्नाका गुरुङ
जेठ ६, २०८१ आइतबार
दुःखबाट मुक्ति पाउन मोहिनी एकादशी पर्व मनाइँदै
जेठ ६, २०८१ आइतबार
छिन्नमस्ता जयन्ती किन मनाइन्छ, यसको महत्व के छ ?
बैशाख ३१, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
सिटिजन्स बैंकका सबै कार्डहरू अति सुरक्षित छन्, ढुक्कले चलाउनु भए हुन्छ
जेठ ६, २०८१ आइतबार
कोरियन नागरिकको सहयोगमा विद्यालयमा शौचालय
जेठ ७, २०८१ सोमबार
महिला उद्योगी व्यवसायी बढ्दै, १० महिनामा दुई करोड ६३ लाख राजस्व संकलन
जेठ ७, २०८१ सोमबार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
जेठ ७, २०८१ सोमबार
आम्दानीको स्रोत बन्दै बगरखेती
जेठ ७, २०८१ सोमबार
बाँदरबाट जोगाउन नसकिएपछि धानको विकल्पमा कागतीखेती
जेठ ७, २०८१ सोमबार