शैक्षिक आकर्षणको केन्द्र बन्दै ‘दरैठाँटी’
नेपालबहस संवाददाता
साउन २३, २०७६ बिहिबार १८:८:१२
सुशीला रेग्मी /रासस
बेझाड । रामपुरको दरैठाँटी माविमा दरै समुदायको चिनारीका रूपमा रहेको ठाँटी (भवन) शैक्षिक आकर्षणको केन्द्र बनेको छ । दरै समुदायको पुरानो झ–झल्को दिन यहाँ ठाँटी निर्माण गरेपछि विद्यालय प्रवेश गर्ने बित्तिकै सबैको मन यही ठाँटीमा तानिने गर्छ ।
विसं २०१७ मा साविक रामपुर गाविस–३ हालको रामपुर नगरपालिका–५ को बेझाड बजारमा रहेको दरैको ठाँटी (गोठजस्तो भवन) बाट विद्यालय सञ्चालन गरिएको हो ।
काठैकाठबाट दुईतलाको आकारमा टिनले छाएर ठाँटी बनाइएको छ । यहाँ ठाँटी बनाएपछि धेरैले दरै समुदायको इतिहासबारे जानकारी लिन र अवलोकन गर्न विद्यालयमा आउने गर्छन् । विद्यालयको शुरुआत भएको ठाँटी (भवन) जीर्ण भई भत्कन पुगेपछि यसको पुरानो शैलीलाई जीवन्तता दिन ठाँटी निर्माण गरिएको प्रधानाध्यापक सुन्दरप्रसाद देवकोटाले बताए ।
“विद्यालय सञ्चालन भएको पुरानो ठाँटी जोगाउन नसकिए पनि त्यसकै स्वरूपमा नयाँ ठाँटी निर्माण गरेका हौँ, शिक्षक, विद्यार्थी, अभिभावक, विद्यालयमा आउने आगन्तुकको ध्यान अहिले यही ठाँटीले तानिरहेको हुन्छ”, प्रअ देवकोटाले भने । ठाँटीले धेरैको ध्यान केन्द्रित गराए पनि दरै समुदायका बालबालिकाको ध्यान भने यतातिर तानिएको पाइँदैन ।
नजिक र पायक पर्ने स्थानमा विद्यालय सञ्चालनमा आएपछि विद्यार्थी यस विद्यालयको सट्टा अन्यत्र विद्यालयमा जाने गरेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुदनप्रकाश रेग्मी बताउछन् ।
“दरै समुदायका बालबालिकालाई यस विद्यालयले पनि शैक्षिक सेवा सुविधा दिनेछ तर विद्यार्थी उपस्थिति छैन, दरै समुदायकै बस्ती नजिकै सामुदायिक तथा संस्थागत विद्यालय सञ्चालनमा रहेकाले त्यही नै पठनपाठन गरिरहेका छन्”, उनले भने । दरै समुदायले रामपुर नगरपालिका क्षेत्रमा राम्रै पहिचान बनाएका छन् । रामपुर नगरपालिका–५ स्थित बेझाड बजार नजिकै दरै समुदायको बाक्लो बस्ती छ ।
बाउबाजेले बनाएको ठाँटीबाट सञ्चालन भएको विद्यालयले पुरानो स्वरूपलाई जगेर्ना गर्न र नयाँ पुस्तालाई पनि दरैको चिनारी झल्काउन गरेको यो कार्य राम्रो रहेको दरै समुदायका अगुवा छमबहादुर दरैले बताए । बस्ती नजिकका विद्यालयमै पठनपाठनका लागि आवतजावत गर्न सहज भएपछि पुरानो समुदायको इतिहास बोकेको यस विद्यालयमा जाने बालबालिका भने नभएको उनको भनाइ छ ।
“विद्यालयले दरै समुदायका बालबालिका ल्याउन अनुरोध पनि गरिरहेको छ, बस्तीभन्दा करीब आधा घण्टा पैदल दूरीमा यो विद्यालय रहेकाले आउन जान झमेलाका कारण अभिभावकले नजिकका विद्यालयमा बालबालिका भर्ना गरिदिएका छन्”, उनले भने ।
पाल्पाको चिदीपानीबाट शिक्षक शिवप्रसाद पन्थीलाई रामपुरका स्थानीयवासी तीर्थप्रसाद भट्टराईले झिकाएर दरैको ठाँटीबाट पठनपाठन शुरु गरिएको हुनाले यस विद्यालयको नाम दरैठाँटी रहन गएको हो ।
दरै समुदायलाई विद्यालय तहसम्म ल्याउनका लागि पनि दरैको ठाँटीमै बसेर पठनपाठन शुरु गरेको बुढापाका बताउँछन् । रामपुरमा आजभन्दा १५० वर्ष अघिदेखि दरै समुदायले बसोबास गर्दै आएका छन् ।
पुरानो ठाँटी भत्किएपछि विसं २०२१ मा रामपुरको बेझाड बजारबाट सानीअमराई भन्ने स्थानमा विद्यालय स्थानान्तरण गरियो । विसं २०२२ देखि २०३२ सम्म सानीअमराईमा सञ्चालन भएको विद्यालय २०३३ देखि हालसम्म विजयपुरमा सञ्चालन भइरहेको छ ।
दरैको ठाँटीबाट शुरु भएको विद्यालयमा अहिले तीनवर्षे सिभिल इञ्जिनीयरिङसम्मको कक्षा सञ्चालन भइरहेको छ । सानो गोठजस्तो ठाँटीबाट शुरु भएको विद्यालय अहिले जिल्लामै सामुदायिक विद्यालयतर्फबाट उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ ।
विद्यालय सञ्चालनमा दरै समुदायले राम्रो भूमिका खेले पनि यहाँसम्म दरै समुदायका बालबालिका पुग्न सकिरहेका छैनन् । यस समुदायकै बालबालिका अझै पनि विद्यालयमा नियमित नहुँदा सबैको चासोको विषय बनेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपघण्टाघरको पुनर्निर्माणको कार्य सुरू (तस्बिरहरु)
असार १२, २०८१ बुधबार
भक्तपुरमा हेलिकप्टर पार्किङ [ फोटोफिचर ]
असार १०, २०८१ सोमबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
अष्ट्रेलियालाई २१ रनले पराजित गरेपछि कप्तान राशिद खानले के भने ?
नेपालबहस संवाददाता
असार ९, २०८१ आइतबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
असार ११, २०८१ मंगलबार
टोली सेमिफाइनलमा पुग्नेबित्तिकै अफगानिस्तानका सडकमा ट्राफिक जाम
असार ११, २०८१ मंगलबार
सर्वोच्चले खारेज गर्यो कोशी प्रदेश सरकार विरुद्धको रिट
असार ११, २०८१ मंगलबार
क्रिकेटर अनिल साहलाई कलैया उपमहानगरको सम्मान, एक लाख नगद पुरस्कार प्रदान
असार १२, २०८१ बुधबार
लेबनानमा हुने चार देशीय प्रतियोगिता खेल्ने महिला फुटबल टिमको घोषणा
असार १२, २०८१ बुधबार
लमजुङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका चार जनाको मृत्यु
असार १२, २०८१ बुधबार
घण्टाघरको पुनर्निर्माणको कार्य सुरू (तस्बिरहरु)
असार १२, २०८१ बुधबार
तनहुँका किसानलाई रासायनिक मलको समस्या नहुने
असार १२, २०८१ बुधबार