धार्मिक पर्यटकीय गन्तव्य बन्दै गैँडाकोट
नेपालबहस संवाददाता
साउन २४, २०७६ शुक्रबार २१:७:५४
टेकराज पोखरेल / रासस
नवलपरासी । नवलपरासी ‘बर्दघाट–सुस्ता पूर्व’ जिल्लाको गैँडाकोट नगरपालिका ऐतिहासिक, पुरातात्विक धार्मिक महत्व बोकेको क्षेत्रको रुपमा विकशित हुन थालेको छ ।
थुप्रै धार्मिक तथा पर्यटकीयस्थल रहेको यस क्षेत्रमा उत्तरबाट बग्दै आएकी कालीगण्डकी नदी, नारायणी नदी, शिरमा मौलाकालिका मन्दिर र मन्दिर परिसरबाट देखिने प्राकृतिक सुन्दरताले पनि यहाँ पर्यटकको आवागमन बढ्न थालेको हो ।
उत्तरबाट बग्दै आएकी कालिगण्डकी नदी, नारायणी नदी, शिरमा मौलाकालिका मन्दिर र मन्दिर परिसरबाट देखिने प्राकृतिक सुन्दरताले पनि यहाँको धार्मिक पर्यटकीय सम्भावनालाई मजबुत बनाएको छ ।
गैँडाकोट नगरपालिका–१ मा धेरै मठमन्दिर रहेका कारण यसलाई धार्मिक पर्यटकीय वडाका रुपमा विकास गर्ने तयारी गरिएको वडाध्यक्ष हरिप्रसाद सापकोटाले बताए । धार्मिक पर्यटकीय गन्तव्यस्थलका रुपमा सूचीकृत मौलाकालिका मन्दिरसँगै ऐतिहासिक र धार्मिक महत्व बोकेका अन्य मठमन्दिर नै वडाको विकासको प्रमुख सम्भावना र स्रोत भएको वडाध्यक्ष सापकोटाको भनाइ छ ।
“हामीले धार्मिक पर्यटकीय वडाका रुपमा विकास गर्न हाम्रो वडामा रहेका मठमन्दिरको अभिलेख सङ्कलन कार्यलाई अगाडि बढाएका छौँ”, सापकोटाले भने, “यहाँ रहेका मन्दिरको स्थापना, देवीदेवताका मूर्ति, पूजा गर्ने पद्धतिलगायतका विधि अभिलेखमा राख्नेगरी काम अगाडि बढाएका छौँ ।”
वडा नं १ मा धेरै मठमन्दिरसहित, दुई वटा ब्रह्माकुमारी राजयोग केन्द्र, दुई वटा गुरुकुलम् र एउटा चर्च रहेको सापकोटाले जानकारी दिए। अभिलेखलाई अन्तिम रुप दिन मात्रै बाँकी रहेको उल्लेख गर्दै सापकोटाले आगामी तीन वर्षभित्रमा वडालाई धार्मिक पर्यटकीय वडाका रुपमा विकास गरेर लैजाने बताए ।
आफू देवघाट क्षेत्र विकास समितिको सदस्य हुँदा यस वडालाई धार्मिक वडा बनाउन केही काम थालेको भए पनि अब कामलाई पूर्णता दिने सापकोटाको भनाइ छ । मौलाकालिका मन्दिरको गुरुयोजना र देवघाट क्षेत्र विकास समितिको गुरुयोजनामा समेत समावेश गरेर धार्मिक पर्यटकीय वडा बनाउने प्रक्रिया अगाडि बढाएको सापकोटाले बताए।
“वडालाई धार्मिक पर्यटकीय क्षेत्र बनाउनका लागि त्यही शीर्षकमा बजेट विनियोजन गरिएको छैन”, सापकोटाले भने “तर बजेटका कारणले काम रोकिँदैन, विविध शीर्षकबाट खर्च गरेर भए पनि काम अगाडि बढाइरहेका छौँ ।”
यस वडाको मठमन्दिरको उचित व्यवस्थापन, विकास, प्रवद्र्धन र प्रचार गर्न धार्मिक पर्यटकीय समन्वय समिति गठन गरेर काम अगाडि बढाइएको छ । वडा नं १ मा मौलाकालिका मन्दिर, दक्षिण भारतीय शैलीमा निर्माण गरिएको लक्ष्मी नृसिंह दिव्यधाम, वृन्दावन प्रतिकको राधाकृष्ण मन्दिर, लक्ष्मी बैङ्कटेश मन्दिर, कूल मन्दिरसहित २५ वटा धार्मिक मठमन्दिर रहेका धार्मिक पर्यटकीय समन्वय समिति गैँडाकोटका सचिव जगन्नाथ उपाध्यायले बताए ।
वडा नं १ लाई धार्मिक पर्यटकीय गन्तव्य बनाउनका लागि नगरपालिकासँग समन्वय गरेर वडाको गुरुयोजना अगाडि बढाइएको उपाध्यायले बताए । वडा नं १ देवघाट क्षेत्र विकास समितिभित्र पर्ने भएकाले पनि धार्मिक पर्यटकीय गन्तव्य बनाउन सहज हुने उपाध्यायको भनाइ छ ।
“पवित्र तीर्थस्थल देवघाटमा आउने भक्तजनलाई पदमार्ग हुँदै मौलाकालिका ल्याउन सकियो भने पनि यहाँको धार्मिक पर्यटनमा वृद्धि हुनसक्छ”, उनले भने, “अहिले पनि ऐतिहासिक धार्मिकस्थल मौलाकालिका मन्दिरमा दैनिक पाँच हजार भन्दाबढी दर्शनार्थी आउने गरेका छन् ।” पूर्व–पश्चिम राजमार्गसँग जोडिएको यस वडाका बारेमा प्रचारप्रसार गर्न सकेको खण्डमा थप धार्मिक पर्यटक भित्र्याउन सकिने सम्भावना रहेको उपाध्यायले बताए ।
मौलाकालिका मन्दिर, लक्ष्मी नृसिंह दिव्यधाम, लक्ष्मी बैङ्कटेश मन्दिर, राधाकृष्ण मन्दिरलाई जोडेर पर्यटकलाई घुमाउन सकेमा स्थानीयको आयआर्जनमा वृद्धि हुनेसमेत उपाध्यायको भनाइ छ ।
वडा नं १ मा शहरीकरणको प्रभावभन्दा पनि आवासीय क्षेत्रका रुपमा कल्पबास निर्माण भएका र सोहीअनुसार जीवनको उत्तराद्र्धमा आएर ज्येष्ठ नागरिक बस्ने गरेका उपाध्यायले बताए ।
नगर क्षेत्रमा रहेका सबै पुरातात्विक महत्व बोकेका क्षेत्रलाई प्राथमिकतामा राखेर विकास गर्नसके गैँडाकोट नगरपालिका नै धार्मिक पर्यटकीय गन्तव्यस्थलको नमूना नगरपालिका बन्ने सरोकारवालाको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबरञ्जाको सात वर्ष पुरानो धुलेमेला
जेठ १८, २०८१ शुक्रबार
पशुपति क्षेत्रको गुरूयोजना आगामी आर्थिक वर्षदेखि कार्यान्वयन हुने
जेठ १७, २०८१ बिहिबार
आउँदो असार १ गतेदेखि पशुपतिनाथको चारवटै ढोका बिहान ४ बजे खोलिने
जेठ १६, २०८१ बुधबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
नेपालबहस संवाददाता
जेठ १८, २०८१ शुक्रबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार
यस्ता छन् मन्त्रिपरिषद् बैठकका २६ निर्णय ( हेर्नुस सुचिसहित )
जेठ १८, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १९, २०८१ शनिबार
यमनमा घातक आक्रमणपछि हुथी समुहद्वारा अमेरिकी जहाजमा आक्रमण
जेठ १९, २०८१ शनिबार
च्याम्पियन्स लिग फाइनल : उपाधिका लागि रियल म्याड्रिड र डोर्टमण्ड भिड्दै
जेठ १९, २०८१ शनिबार
शल्यक्रिया गर्न पालो कुर्नुपर्ने समस्या अन्त्य गरिने
जेठ १९, २०८१ शनिबार
क्यामरा आकृतिको भवन
जेठ १९, २०८१ शनिबार
नेपालगञ्जका विद्यालयमा गर्मी बिदा बढाइयो
जेठ १९, २०८१ शनिबार
दरबार हत्याकाण्डको २३ वर्ष पूरा
जेठ १९, २०८१ शनिबार