तस्विरमा हेर्नुस रक्षाबन्धन, जनैपूर्णिमा
नेपालबहस संवाददाता
साउन ३०, २०७६ बिहिबार १९:२:२४
३० साउन, काठमाडौं । ऋषितर्पणी, रक्षाबन्धन, जनैपूर्णिमाको अवसरमा आज बिहीबार विहानैदेखि रक्षाबन्धनको चहलपहल शुरु भएको छ । यति बेला मन्दिर परिसरमा व्राह्मणको हातबाट सर्वसाधारणले रक्षाबन्धन बाँध्दीरहेका छन् ।
जनैपूर्णिमाको दिन बिहीबार मध्यपुरथिमि–७ स्थित नगदेशमा रहेको विसन्तकी मन्दिर (शिलेश्वर महादेव) को दर्शन गर्दै भक्तजन । यहाँ गोसाईकुण्डको पानी आउने जनविश्वास भएकाले आजको दिन दर्शन गर्नेको भीड लाग्ने गर्दछ ।
श्रावण शुक्ल पूर्णिमाका दिन आज रक्षाबन्धन, जनैपूर्णिमाका अवसरमा काठमाडौँको पशुपति क्षेत्रमा पुरोहितको हातबाट जनै लगाउँदै र रक्षाबन्धन गर्दै सर्वसाधारण ।
काठमाडौँको पशुपतिक्षेत्र राममन्दिर परिसरमा बिहीबार जनै पूर्णिमाको अवसरमा वेदविद्याश्रमका विद्यार्थी जनै आमन्त्रणको तयारी गर्दै । वैदिक विधिद्वारा सप्तऋषिलाई तर्पण गरी आमन्त्रित गरिएका नयाँ जनै फेर्ने तथा रक्षा बन्धनको डोरो नाडीमा बाँध्ने संस्कृतिलाई निरन्तरता दिन जलाशय एवम् शक्तिपीठमा जनै आमन्त्रण गरिने प्रचलन छ ।
ऋषितर्पणी, रक्षाबन्धन, जनैपूर्णिमाको अवसरमा बागेश्वरी मन्दिरमा आज विहानैदेखि रक्षाबन्धनको चहलपहल शुरु भएको छ । मन्दिर परिसरमा व्राह्मणको हातबाट रक्षाबन्धन बाँध्दै सर्वसाधारण ।
श्रावण शुक्ल पूर्णिमाका दिन आज रक्षाबन्धन, जनैपूर्णिमाका अवसरमा काठमाडौँको पशुपति क्षेत्रमा पुरोहितको हातबाट नारीमा डोरो बाध्दै बालक ।
ऋषितर्पणी, रक्षाबन्धन, जनैपूर्णिमाको अवसरमा शुक्लागण्डकी नगरपालिका ८ फिर्दी बराहखोलास्थित मन्दिरमा जनै आमन्त्रण गरिदै । आजका दिन आमन्त्रित जनै वषैभरी पूजाआजामा प्रयोग गरिनुका साथै गुरु पुरोहितबाट रक्षाबन्धन हातमा बाँधिएमा वर्षभर सुख समृद्धि र रक्षा हुन्छ भन्ने जनविश्वास छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसन्तान विदेशमा, बाबुआमा वृद्धाश्रममा !
असोज ११, २०८१ शुक्रबार
झरीका कारण काठमाडौंको जनजीवन प्रभावित
असोज ११, २०८१ शुक्रबार
खुल्लामञ्चमा व्यायाम तथा खेलकुद मैदान बनाउँदै महानगरपालिका [ फोटो फिचर ]
असोज १०, २०८१ बिहिबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार
खराब मौसमका कारण भोलि बिहानसम्म आन्तरिक सबै उडान स्थगित
असोज ११, २०८१ शुक्रबार
लेबनानमा रहेका नेपालीहरुलाई आफ्नो विवरण उपलब्ध गराउन सरकारको आग्रह
असोज ११, २०८१ शुक्रबार