अवैध रुपमा चन्दा उठाउने दुईजना पक्राउ
नेपालबहस संवाददाता
भदौ ३, २०७६ मंगलबार २३:३२:२०
३ भदौ,वर्दिया । गुलरिया नगरपालिका-५ मतङगा चोकबाट अवैध रुपमा चन्दा उठाउने कार्यमा संलग्न २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ठाकुरबाबा नगरपालिका-३ बस्ने ३३ वर्षीय दिल बहादुर कठायत र बढैयाताल गाउँपालिका-४ बस्ने ३६ वर्षीय बिसोम्बर थारु रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय वर्दियाबाट खटिएको प्रहरीले उनीहरुलाई अवैध रुपमा चन्दा उठाई रहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । उनीहरुको साथबाट काटेको चन्दा रसिदको ठेली १ थान, नकाटिएको ठेली ६ थान, सदस्यता पत्र २० थान, विभिन्न कमिटी गठन गरेको बुक १ थान, गाउँपालिका अन्तर्गत समूह गठन गरेको बुक १ थान, विभिन्न ब्यक्तिबाट चन्दा उठाएको बुक १ थान र ४ हजार ३ सय रुपैयाँ समेत प्रहरीले बरामद गरेको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचाडपर्व लक्षित दुर्घटना न्युनिकरण विशेष अभियानको सुरुवात
असोज ११, २०८१ शुक्रबार
नागरिकको सुरक्षालाई पहिलो प्राथमिकामा राखेर काम गर्न डिआइजी आचार्यको निर्देशन
असोज ९, २०८१ बुधबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार