किन बढ्दै छ प्रचण्डको छटपटी ?
इन्द्र रिजाल
भदौ ८, २०७६ आइतबार २१:११:२३
काठमाडौं । झण्डै दुई तिहाईको समर्थन प्राप्त नेपाल कम्युनिष्ट पार्टीमा विस्तारै देखापरेको मनोमालिन्य र आरोप प्रत्यारोपले पार्टीको भविष्य नै खतरामा परेको छ । एकीकरण प्रक्रियाले निश्कर्ष नपाउँदै पार्टी भित्र धमिरा लाग्न थालेको हो । त्यसबाट सबैभन्दा बढी चोट पुष्पकमल दाहाल प्रचण्डलाई पर्ने देखिन्छ ।
भोलिका दिनमा आउन सक्ने खतराबाट जोगिन माओवादी आन्दोलन नै एमालेमा बिसाएका प्रचण्ड पार्टी भित्रको बढ्दो बेमेलले आत्तिएका छन् । कुनै एउटा पक्षका साथमा उभिंदा अर्काे पक्षले पुरानो हिसाब किताब गर्ने भय र त्रास उनी भित्र लुकेको अनुभूत हुन्छ । माओवादी आन्दोलनका बेला भएको नरसंहारको असर कुनैपनि बेला सतहमा आउने संत्रासले प्रचण्डलाई सताइरहेको छ ।
एक तिरबाट दुई शिकार भेद गर्ने उनको रणनीति छ । उनको पार्टी निसर्त एमालेमा बिलिन गराउने अवस्थामा पुगिसकेका थिए प्रचण्ड कुनैबेला । किनकी माओवादीले सुरु गरेको कथित जनयुद्धका बेला मारिएका दशौं हजार नेपालीको जीउको मूल्य खोज्न थालिएको थियो । आफ्नै पूर्व सहकर्मीहरुले यो मुद्धा चर्काउन थालेका थिए ।
नेकपा माओवादीलाई एमालेमा समाहित गर्न उनी सफल त भए , तर धरै विवाद र असहमतिका बीच । पार्टी एकीकरण प्रक्रिया टुंग्याउने चरणमा आईपुग्दा नपुग्दै शीर्ष नेताबीच भएको चर्काचर्कीले धमिराको आकार र स्वरुप निर्धारण गरिदिएको छ । गत विहिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकका बेला ओली र अर्का नेता माधवकुमार नेपालबीच भएको अशिष्ट व्यवहारले पार्टी भित्रको अवस्था छर्लङ्ग पारिदिएको छ ।
त्यसैको प्रतिक्रिया स्वरुप प्रचण्डले भनेका छन– नेपालका कम्युनिष्टको चरित्र फेरिएन भने हामी बढारिन सक्छौं । प्रचण्डको तर्क छ – जसरी पूर्वी युरोप र सोभियत संघमा कम्युनिष्ट बढारियो , त्यही हालत हाम्रो नहोला भन्न सकिन्न । उनको भनाईमा कम्युनिष्टहरु राजतन्त्र ढालेर सत्तामा आएपछि नवराजा भए । राजा महाराजा जस्तो चरित्र देखाए , त्यसैले जनताले कम्युनिष्टलाई सत्ताबाट मिल्काइ दियो । नेपालका कम्युनिष्ट पनि त्यही दिशामा अग्रसर भएको उनको तर्क देखिन्छ ।
यदि उनले भित्री मनबाटै यो कुरा गरेका हुन् भने धेरै हदसम्म उनको सोच सही र अर्थपूर्ण मान्नु पर्छ । तर उनी चतुर खेलाडी हुन् । एक तिरबाट दुई शिकार भेद गर्ने उनको रणनीति छ । उनको पार्टी निसर्त एमालेमा बिलिन गराउने अवस्थामा पुगिसकेका थिए प्रचण्ड कुनैबेला । किनकी माओवादीले सुरु गरेको कथित जनयुद्धका बेला मारिएका दशौं हजार नेपालीको जीउको मूल्य खोज्न थालिएको थियो । आफ्नै पूर्व सहकर्मीहरुले यो मुद्धा चर्काउन थालेका थिए । त्यो पीडाले प्रचण्डको निन्द्रा नै हरण भएको अवस्था छँदैछ ।
उनको लवाईखवाई मात्र होइन , बसाईको सधैं चर्चा हुने गरेको छ । छोरीहरुलाई पाँच पाँच करोड रुपैयाँको घरजग्गा किनिदिएको सन्दर्भ पुरानो भएको छैन । यति आत्मज्ञान भए प्रचण्डले आफ्नो जीवनशैलीमा पहिलो परिवर्तन गर्नु आवश्यक छ । नत्र उनले भने जस्तै नेपालमा पनि कम्युनिष्ट एकादेशको हुने अवस्था विस्तारै निर्माण हुँदैछ ।
त्यसैले केही समयका लागि नेकपा भित्र आफू सबैको प्यारो हुने उनको दाउ छ । तर परिस्थिति भने बेग्लै दिशामा बढेको छ । खास गरी एकता प्रक्रिया टुंग्याउने क्रममा जारी सचिवालय बैठकमा गत विहिबार ओली र अर्का नेता माधवकुमार नेपालबीचको चर्काचर्कीले उनी फसादमा परेका छन् । त्यसैले उनी प्रसंगलाई अन्तर्राष्ट्रियतामा जोडेर आफ्नो अभिष्ट पूरा गर्न उद्यत छन् । उनले हिजो आज भन्ने गरेको एउटा घत लाग्दो भनाई छ – सत्तामा पुगेपछि हामी कम्युनिष्टमा पनि राजा महाराजाको झल्को आउन थालेको छ । पूर्वी युरोपमा कम्युनिष्ट शासन व्यवस्था बालुवाको घर जस्तै गल्र्याम्म ढल्नुको कारण त्यही भएको उनको तर्क रहेको छ । यसो भनेर आफ्नो उद्देश्य पूरा गर्ने उनको रणनीति रहेको छ ।
यदि प्रचण्डले भनेजस्तै कम्युनिष्ट चरित्रमा सुधार गर्ने हो भने सबैभन्दा पहिला उनी आफैंबाट सुरु हुनुपर्छ । उनको लवाईखवाई मात्र होइन , बसाईको सधैं चर्चा हुने गरेको छ । छोरीहरुलाई पाँच पाँच करोड रुपैयाँको घरजग्गा किनिदिएको सन्दर्भ पुरानो भएको छैन । यति आत्मज्ञान भए प्रचण्डले आफ्नो जीवनशैलीमा पहिलो परिवर्तन गर्नु आवश्यक छ । नत्र उनले भने जस्तै नेपालमा पनि कम्युनिष्ट एकादेशको हुने अवस्था विस्तारै निर्माण हुँदैछ ।
ओली सरकार अस्तित्वमा आएपछि गरिएका अनियमितता र भ्रष्टाचार इतिहासमै कहिल्यै नभएका छन् । राष्ट्रपतिको जीवनशैली र शानसौकत नेपाली जनतालाई अपाच्य भइसकेको छ । पूर्वी युरोपमा जस्तै कम्युनिष्टहरु मात्तिएका मात्र नभई पात्तिएका छन् । त्यसको भन्को पाईसकेका प्रचण्ड अहिले गोहीको आँसु चुहाईरहेका छन् । यो देशमा बगेको १७ हजार नेपालीको रगत र आँसुको मूल्य प्रचण्डले नै चुकाउनु पर्ने हुन्छ ।
पूर्वी युरोपको बोस्निया हर्जगोभिनामा भएको युद्धका बेला नरसंहार गर्ने भनी आरोपित बोस्नियायी सर्ब नेता राटट्को म्लादिच बिरुद्ध मुद्धा चलाएको प्रसंग यहाँ सान्दर्भिक हुनसक्छ । युद्ध सकिएको १७ वर्ष पछि म्लादिचलाई नरसंहार गरेको भन्दै हेग पु¥याइयो । साथै उनलाई दोषी ठहर गरी झुण्याएर मारिएको थियो । त्यो अवस्था नेपालमा पनि नआउला भन्न सकिन्न ।
नेपालमा साम्यवादी शासन व्यवस्था ल्याउने सपना बाँडेर युद्धभूमिमा उतारेका ती युवाको आज कुन दशा भएको छ ?प्रचण्डले त्यो आक्रोश र पीडाको मूल्य कुनैपनि बेला चुकाउनु पर्ने अवस्था आउन सक्छ । त्यसैले अहिलेदेखि नै साखुल्ले हुने प्रयास गरिरहेका छन् । गएको साता एउटा कार्यक्रममा उनले भनेका थिए – जनयुद्धका बेला आफूले कसैलाई एक लबटो पनि हानेको छैन । यसको मतलब उनको नेतृत्वमा भएको जनयुद्धमा हताहत भएका कसैको पनि जिम्मेवारी उनले लिन नपर्ने ?
बेला बेलामा प्रचण्डलाई जनयुद्धको प्रेत चढ्ने गरेको छ । त्यसैको प्रतिक्रिया स्वरुप उनी बर्बराउने गर्छन् – मलाई हेग लगेर हिरो बनाइँदै छ रे । हेग लग्नु भनेको युद्ध अपराधमा मुद्धा चलाउनु हो । अर्थात नेदरल्यान्डको राजधानी द हेगमा रहेको अन्तर्राष्ट्रिय अदालतमा युद्धका बेला उनले मारेका १७ हजार नेपालीको रगतको हिसाबकिताब खोजिने छ ।
पूर्वी युरोपको बोस्निया हर्जगोभिनामा भएको युद्धका बेला नरसंहार गर्ने भनी आरोपित बोस्नियायी सर्ब नेता राटट्को म्लादिच बिरुद्ध मुद्धा चलाएको प्रसंग यहाँ सान्दर्भिक हुनसक्छ । युद्ध सकिएको १७ वर्ष पछि म्लादिचलाई नरसंहार गरेको भन्दै हेग पु¥याइयो । साथै उनलाई दोषी ठहर गरी झुण्याएर मारिएको थियो । त्यो अवस्था नेपालमा पनि नआउला भन्न सकिन्न । यसबाट जोगिन मात्रै उनले पूर्व एमालेसँग एकता गरेको धेरैलाई थाहा छ ।
तर ओलीले उनलाई काँध थापेर जोगाउने अवस्था भने छैन । प्रचण्डले कम्युनिष्टको चरित्र सुधार गरेर उक्त अपराधबाट उन्मुक्ति खोजेको हुन सक्छ । तर उनले सोचे जस्तो सहज र अनुकुल हुने संभावना भने झिनो मात्र छ । नेपाली जनताले प्रचण्डसँगको हिसाबकिताब कनैपनि बेला नलिई छाड्ने अवस्था छैन ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपटेलिकमको बिलिङ प्रणालीमा अर्ब बढी हिनामिना आरोपमा मुद्दा चलाउने अख्तियारको तयारी
असार ११, २०८१ मंगलबार
मुख्यसचिवका दाबेदार गृहसचिव अर्याल ढुक्कै विदेश भ्रमणमा
असार ११, २०८१ मंगलबार
अख्तियारको मुद्दा नजाँदै सिंहदरबारमा मुख्यसचिवका लागि दौडधूप
असार ९, २०८१ आइतबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
अन्तरिक्षबाट घरको छतमा टुक्रा खसेपछि नासाविरुद्ध मुद्धा दायर
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
भारतको सेमिफाइनल खेलमा वर्षा भयो भने के हुन्छ ?
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
सर्वोच्चले खारेज गर्यो कोशी प्रदेश सरकार विरुद्धको रिट
असार ११, २०८१ मंगलबार
दाहालको दिनगन्ती सुरुः ‘जादुई नम्बर’मा छैन अब कुनै दम
असार ११, २०८१ मंगलबार
नेपाल आइडल विजेता करण परियारलाई प्रधानमन्त्रीले दिए बधाई, गितार उपहार
असार १२, २०८१ बुधबार
ट्राभिस हेड टी-२० वरियताको ब्याट्सम्यानको सूचीमा शिर्ष स्थानमा
असार १२, २०८१ बुधबार
नेपालगञ्जमा महिला क्याम्पसमा अध्ययन गर्नको आकर्षण बढ्यो
असार १२, २०८१ बुधबार
जङ्गली च्याउ खाँदा तीन जनाको मृत्यु, १६ बिरामी
असार १२, २०८१ बुधबार
रुकुमकोट बजार आसपास क्षेत्र
असार १२, २०८१ बुधबार
मार्ग खुलेको ढेड दशकपछि सडक कालोपत्र, स्थानीय हर्षित
असार १२, २०८१ बुधबार
अविरल वर्षाले जनपथ टोल डुबानमा
असार १२, २०८१ बुधबार