नेप्सेको यात्रा ओह्रालो तर्फ, लगानीकर्ता अलमल्ल
नेपालबहस संवाददाता
भदौ १९, २०७६ बिहिबार २३:२४:३
१९ भदौ, काठमाडौं । धितोपत्र बजारमा कारोवारमापक नेप्से परिसूचक घरी घट्ने र घरी बढ्ने श्रृङखला आज पनि चल्यो । हिजो केही अंकले सुधार आएको बजार आज पुनः ३.७ विन्दूले घटेर एक हजार १९१.०७ मा थामिएको छ । मङ्गलबार र बुधबार बढेको नेप्से आज भने थामिएको हो । यस्तै सेन्सेटिभ परिसूचक ०.९६ विन्दुले घटेर २५९.९० विन्दुमा पुगेको छ ।
नेप्से घटेसँगै कारोवार रकमसमेत औसतमा सीमित भएको छ । कूल १६७ कम्पनीको नौ लाख ५७ हजार ८८१ कित्ता शेयर रु २९ करोड एक लाख ७७ हजार ३५७ मूल्यमा खरीद बिक्री भए ।
स्टकका अनुसार कारोवार भएको कूल ११ उपसमूहमध्ये दुई उपसमूहको शेयर बढेको छ भने नौ उपसमूहको शेयर घटेको छ । निर्जीवन बीमा ०.१३ र सामूहिक लगानी कोष ०.०३ विन्दुले बढेको छ ।
यस्तै बैंकिङ ३.०३, होटल ३६.११, विकास बैंक ३.३५, जलविद्युत् ९.४६, वित्त १.९२, उत्पादन ७.३६, अन्य ०.३५, लघुवित्त ३.३७ र जीवन बीमा १८.०७ विन्दुले घटेको छ ।
कारोवारका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु एक करोड ५१ लाख ९३ हजार ७४५ बराबरको कारोवार भयो । सिटिजन बैंक रु एक करोड ४४ लाख १५ लाख ८३७, एनआइसी एशिया रु एक करोड ३० लाख ३७ हजार, नागरिक लगानी कोष रु एक करोड दुई लाख ७३ हजार, प्रभु बैंक रु ८६ लाख ८२ हजार ५८७ र शिखर इन्स्योरेन्स कम्पनीको रु ८३ लाख ४० हजार ८८८ मूल्यमा खरीद बिक्री भई शीर्ष स्थानमा रहेको छ ।
स्टकका अनुसार आँधीखोला लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९.८७ प्रतिशतले कमाउँदा नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था ५.९७, एनआइसी एशिया ग्रोथ फण्ड ३.७९, दिव्येश्वरी हाइड्रोपावर ३.३९, छ्याङदी हाइड्रोपावर २.६० र नेपाल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले २.४८ प्रतिशतले कमाए ।
यस्तै अरुण काबेली पावर ६.९१, कर्णाली डेभलपमेन्ट बैंक ४.५४, लक्ष्मी लघुवित्त वित्तीय संस्था ३.८०, ङादी पावर ३.७० र महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले ३.६ प्रतिशतले गुमाए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुई पटक सर्किट ब्रेक लागेको नेप्से ४७ अंकले बढ्यो
असार १८, २०८१ मंगलबार
सरकार परिवर्तनको सहमतिसँगै नेप्सेमा सकारात्मक सर्किट
असार १८, २०८१ मंगलबार
नेप्सेमा दोहोरो अंकले उकालो लागेर दुई हजार ५३ दशमलव ३८ मा पुग्यो
असार १७, २०८१ सोमबार
एआईजी कि हबल्दार मेजर ?
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
असार १८, २०८१ मंगलबार
सत्ता सजिलै नछाड्ने प्रधानमन्त्री प्रचण्डको संकेत, अब कसरी गठन हुन्छ नयाँ सरकार ?
असार १९, २०८१ बुधबार
नुनको भाउ बढ्यो, कति पुग्यो मूल्य ?
असार १८, २०८१ मंगलबार
भारतमा धार्मिक सभामा भागदौड हुँदा मृत्यु हुनेको सङ्ख्या १२१ पुग्यो
असार १९, २०८१ बुधबार
अधिवेशन गर्न नसकेर थला परेका कांग्रेसका १० भ्रातृ संस्थाको चैत्रसम्म थपियो म्याद
असार १९, २०८१ बुधबार
मनाङको बाटो सधैँ जोखिमपूर्ण
असार १९, २०८१ बुधबार
बेनीका ग्रामीण क्षेत्रका सडक धमाधम कालोपत्र
असार १९, २०८१ बुधबार
अपांगता भएकालाई बाख्रा वितरण
असार १९, २०८१ बुधबार