स्याङ्जामा भेटिइन तपस्वी माता ! चमेरे गुफामा मौन ब्रत
नेपालबहस संवाददाता
भदौ २०, २०७६ शुक्रबार १७:५५:५१
२० भदौ, स्याङ्जा । १५ महिनादेखि अन्न नखाएर निराहार बसेकी एक महिलाले स्याङजामा १० दिनदेखि दुबो र बेलपत्रको भरमा मौन ब्रतसहित तपस्या गर्दै आएकी छन् । अर्घाखाँची घर भई बुटवलमा बस्दै आएकी आफुलाई हरिदासी भन्ने महिलाले १० दिनदेखि बेलपत्र, दुबो र गण्डकीको जल खाएर मौन ब्रत बसेकी हुन् ।
अत्यन्तै कठिन यात्रा गरेर पुग्न सकिने कालीगण्डकी किनार नजिकै रहेको गुफामा उनले तपस्या गर्दै आएकी छन् । गल्याङ नगरपालिका १ राम्दीधाम नजिकै रहेको उक्त गुफा अहिलेसम्म कसैले पनि नदेखेकोले अनौठो रहेको स्थानीयले बताएका छन् ।
सिद्धार्थ राजमार्गमा पर्ने राम्दीस्थित परेवा भिरबाट तल खोल्साको बाटो करिब २० मिनेटको अत्यन्तै कठिन ओरालो झरेपछि कालीगण्डकी नदीको किनारमा यो गुफा भेटिन्छ । १५ महिनादेखि एक गिलाँस दुध र फलफुलमात्र भोजन गर्दै आएकी तपस्वी राम्दी आउनु भन्दा ५ दिन पहिलेबाट बेलपत्र, दुबो जस्तो गाईले खाने प्रजातीका घाँस पात खान थालेको उनका श्रीमान बिष्णुप्रसाद मिश्रले बताए । घरमा धेरै पहिलेदेखि जुठो भयो भने संकेत आउने बताउँदै उनले भने, “हामी अचम्म परेका छौं, पहिला त पत्याएका थिएनौं, अहिले ईश्वरीय शक्ति हो भन्नेमा विश्वस्त छौँ ।”
३७ बर्षिय तपस्बी महिला आफू कुनै चर्चामा आउन नभई साधुसन्तको सम्मानको निम्ति तपस्यामा रहेको बताउछिन् । म सिद्धबाबाले बोलाएर आएकी हुँ, मानव जगतको कल्याण गर्दै शान्ति तपस्याको लागि मेरो मौन तपस्या रहनेछ उनले लेखेर जानकारी दिइन्, “ब्रहमाण्डमा भएका मानव जगत, पशु जगत प्रति ईश्वरको भेदभाव छैन तर हाम्रो किन ? ईश्वर प्राप्ति गर्न सत्य ज्ञान जरुरी छ ।”
कसैको जिज्ञासा भएमा प्रश्न सुन्ने र उत्तर कापीको पन्नामा लेखेर दिने गर्दछिन् । गत ९ गते सोमबार एकादशीको दिन बुटवलबाट राम्दी आएकी ती महिला पहिले पाल्पास्थित सिद्ध गुफामा गएकी थिईन् । सोही दिन रातको १२ बजे उक्त स्थानमा ध्यान नलागेपछि अर्को स्थान खोजेर आउने क्रममा स्याङ्जाको गल्याङ नगरपालिका १ राम्दीधाम नजिकै चमेरे गुफामा तपस्या गर्दै आएकी छन् ।
अहिलेसम्म लुकेर रहेको राम्दीस्थित कालिगण्डकीको खोँचमा रहेको उक्त गुफाको नाम आँफै चमेरे गुफा नामाकरण गर्दै सोही स्थानमा तपस्यारत छिन् । अध्यात्म बुद्धि हो भने विज्ञान प्रयोग हो तपस्यामा बसेकी महिलाले लेखेर दिएको पत्रमा भनेकी छन्, “आँफैलाई खोज्न सके बिज्ञान र आत्म चिन्न सकिन्छ ।” उनले दैविक शक्तिको आकर्षणले यस क्षेत्रमा आएको उनले बताएकी छन् । परमात्माको ईच्छा अनुसार तपस्या र मौनब्रत गर्ने उनको भनाई छ ।
साधुसन्तले ध्यान तपस्या नगरेको कारण हजारौं शक्ति पीठ , आध्यात्मिक क्षेत्र ओझेलमा परेको हरिदासीले बताईन् । ब्रमाण्डमा दैविक शक्ति भएको र तपस्याले उक्त शक्ति जागृत हुनेमा उनी बिश्वस्त छिन् ।
अहिलेसम्म कसैले नदेखेको यस स्थल बुटवलबाट आएर तपस्या गर्नु अनौठो भएको वालिङ १० का वडा अध्यक्ष अनन्तराज गैह्रेले बताए । अहिलेसम्म स्याङजा, राम्दी क्षेत्र नै नआएकी एक महिलाले कसरी यस्तो ठाउँ पत्ता लगाईन् भन्ने बिषयमा दङ्ग परेका छौं गैह्रेले भने, “यस गुफामा केही शक्ति भएको हुनुपर्छ र यसलाई प्रचारप्रसार गर्नका लागि भगवानले पठाएको हुनसक्छ ।” अब यहाँ आउने भक्तजनहरुको बृिद्ध हुन्छ, यसका लागि सजिलोसँग यस पबित्रस्थलमा आउने पैदल मार्ग बनाउनु आवश्यक छ, गैह्रेले भने ।
एक छोरा, श्रीमान् तथा परिवार भएपनि हरिदासीले पारिवारिक मोहमा डुब्ने चिजलाई केही क्षणको संसारिक चरित्र भएको बताएकी छन् । यस्ता दैविक शक्ति भएका पबित्रस्थल नेपालका अधिकाशं क्षेत्र ओझेलमा पर्दै आईरहदा कसैले पत्ता लगाउन नसकेको कालीगण्डकी किनारको गुफामा महिला किन तपस्या गर्न आईन भन्ने विषय अहिले उठिरहेको छ ।
धेरै पव्लिक आउने ठाँउमा आफ्नो ध्यान नआउने भएर भगवानले मलाई पठाएको दावी गरेकी महिलाले साच्चिकै त्यो ठाँउमा पुग्न भने निकै कठिन रहेको छ । कठिनका बावजुद पनि त्यो ठाँउमा अहिले सर्वसाधरणहरु पुग्न थालेका छन् । ईश्वरीय शक्तिका कारण महिलाले तपस्या गरेको भएमा भारतदेखि लुम्बिनी हुँदै मुिक्तनाथ यात्रा गर्ने धार्मिक पर्यटनलाई समेत आकर्षण गर्न सकिने देखिन्छ । यसतर्फ सबैको ध्यान जानु जरुरी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपऐनापहरामा ‘एक कर्मचारी ,एक फूलको बिरुवा’ रोप्ने अभियान
जेठ १७, २०८१ बिहिबार
दुई मन्त्रीसहित गण्डकीका मुख्यमन्त्री पाण्डेले लिए शपथ
जेठ १६, २०८१ बुधबार
गण्डकीको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता पाण्डे नियुक्त
जेठ १६, २०८१ बुधबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
डीआईजी र एसएसपी सरुवामा गृहमन्त्रीको मनोमानी, ५ महिना नपुग्दै लखेटिए आचार्य
जेठ १७, २०८१ बिहिबार
सन्दीप लामिछानेलाई अमेरिकाले फेरि पनि दिएन भिसा
जेठ १७, २०८१ बिहिबार
सिटिजन्स बैंकको पार्टनर फर प्रोग्रेस भिडियो प्रतियोगिता
जेठ १७, २०८१ बिहिबार
सिटिजन्स बैंकका ग्राहकलाई अनमोल डेण्टलका सेवाहरुमा १५% सम्मको आकर्षक छुट
जेठ १७, २०८१ बिहिबार
तापक्रममा ‘रेकर्ड ब्रेक’ : वर्षकै सबैभन्दा बढी नेपालगञ्जमा ४४.२ डिग्री
जेठ १७, २०८१ बिहिबार
बजेट पारदर्शितामा नेपाल ५८ औं स्थानमा
जेठ १७, २०८१ बिहिबार
मधेस प्रदेश सरकारको बेरुजु एक अर्ब ५९ करोड
जेठ १७, २०८१ बिहिबार
कांग्रेस मात्रै लोकतान्त्रिक पार्टी हो : नेता निधि
जेठ १७, २०८१ बिहिबार