महिला फुटबल प्रतियोगितामा नेपाल उज्वेकिस्तानसँग पराजित
नेपालबहस संवाददाता
भदौ २३, २०७६ सोमबार २१:१५:५५
२३ भदौ काठमाडौं । किर्गिस्तानमा जारी नादेज्दा कप महिला फुटबल प्रतियोगितामा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ । किर्गिस्तानको काराकोलस्थित केन्द्रीय रङ्गशालामा सोमबार भएको दोस्रो खेलमा नेपाल उज्वेकिस्तानसँग २–० गोलअन्तरले पराजित भएको हो । सोही मैदानमा हिजो आइतबार भएको पहिलो खेलमा नेपालले किर्गिस्तानलाई ८–२ गोलले हराएको थियो ।
जीतसँगै दुई खेल खेलेको उज्वेकिस्तानले अपराजित रहँदै ६ अङ्क बटुलेको छ । हिजो भएको खेलमा उज्वेकिस्तानले ताजकिस्तानलाई १२–० गोलअन्तरले पराजित गरेको थियो । त्यस्तै समान दुई खेल नै खेलेको नेपालको तीन अङ्क छ ।
नेपालले अब आफ्नो तेस्रो खेल भोलि ताजिकिस्तानसँग खेल्नेछ ।
नेपालले खेलको पहिलो हाफमा एक गोल खायो भने खेलको दोस्रो हाफमा पनि समान एक गोल नै खायो । उज्वेकिस्तानले खेलको ३४ र ५१औँ मिनेटमा गोल गरेको थियो । नादेज्दा कपमा नेपालसँगै किर्गिस्तान, उज्वेकिस्तान र ताजकिस्तान सहभागी छन् । लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि भिड्नेछन् । प्रतियोगिताको फाइनल खेल यही भदौ २६ गते हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपन्यूजील्याण्डविरुद्ध दोस्रो टेस्टमा बलियो अवस्थामा श्रीलंका, तीन खेलाडीले बनाए शतक
असोज ११, २०८१ शुक्रबार
भारत र बंगलादेशबीचको दोस्रो टेस्ट बर्षाले प्रभावित
असोज ११, २०८१ शुक्रबार
विभिन्न खेलका प्रशिक्षकहरुसँग सदस्य सचिवको छलफल
असोज ११, २०८१ शुक्रबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार