सागका लागि आर्चरीको खेलाडी छनोट शुरु
नेपालबहस संवाददाता
भदौ २९, २०७६ आइतबार १६:२२:४
२९ भदौ, कास्की । आगामी मङ्सिर १५ देखि २४ गतेसम्म नेपालमा आयोजना हुने १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता ‘साग’ मा आर्चरीका लागि खेलाडी छनोट पोखरामा शुरु भएको छ ।
पोखरा रङ्गशालाको आर्चरी मैदानमा शनिबारदेखि ‘रिकर्भ’ ‘क्याटेगोरी’ का लागि खेलाडी छनोट प्रक्रिया शुरु गरिएको नेपाल आर्चरी सङ्घका अध्यक्ष दीपकराज गुरुङले बताए । आर्चरीको रिकर्भ र ‘कम्पाउन्ड’ गरी दुई क्याटेगोरीमा प्रतिस्पर्धा हुने भएकाले आगामी भदौ ३० गतेसम्म खेलाडी छनोट गरिसकिने उनले जानकारी दिए ।
रिकर्भका लागि १७ पुरुष र ११ महिलामध्येबाट सागका लागि चार पुरुष र चार महिला छनोट गरी आगामी असोज १ गतेबाट पोखरामै बन्द प्रशिक्षण शुरु गरिने अध्यक्ष गुरुङको भनाइ छ । सागको आर्चरीको प्रतिस्पर्धा पोखरामा सञ्चालन गर्ने निश्चित भइसकेको छ ।
कम्पाउण्डतर्फ भने यसअघिनै चार पुरुष र चार महिला खेलाडी छनोट गरिसकिएको सङ्घले जनाएको छ । पुरुषतर्फ रमेश भट्टचन, सनातन मल्ल, योगेन्द्र शेरचन र मीनप्रसाद गौचन छन् ।
महिलातर्फ पार्सदा आचार्य, मोनिका राना, रश्मी दर्लामी र मञ्जु बजगार्इं अन्तिम सूचीमा परेका छन् । सागको आर्चरीतर्फ १० स्वर्ण, १० रजत र १० काश्य पदका लागि खेलाडीबीच प्रतिस्पर्धा हुने नेपाल आर्चरी सङ्घका वरिष्ठ उपाध्यक्ष वसन्त थकालीले बताए ।
रिकर्भ पुरुष व्यक्तिगत, पुरुष टिम इभेन्ट, मिक्स, महिला व्यक्तिगत तथा महिला समूह र कम्पाउन्ड पुरुष व्यक्तिगत, पुरुष टिम इभेन्ट, मिक्स, महिला व्यक्तिगत तथा महिला समूह इभेन्टमा पदका लागि प्रतिस्पर्धा हुने थकालीले जानकारी दिए । श्रीलङ्काको कोलम्बोमा सम्पन्न भएको सागको १०औँ संस्करणबाट आर्चरी खेल प्रतियोगितामा समावेश गरिएको थियो ।
नेपालले ११औँ र १२औँ सागमा पुरुष व्यक्तिगततर्फ काश्य पदक जितेको र आफ्नै घरेलु मैदानमा प्रतियोगिता आयोजना गरिएकाले स्वर्ण पदक जित्ने गरी तयारी गरिएको अध्यक्ष गुरुङले बताए । महिला व्यक्तिगतमा स्वर्ण तथा पुरुष समूह र व्यक्तिगतमा समेत पदक आउने सम्भावना रहेको उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपन्यूजील्याण्डविरुद्ध दोस्रो टेस्टमा बलियो अवस्थामा श्रीलंका, तीन खेलाडीले बनाए शतक
असोज ११, २०८१ शुक्रबार
भारत र बंगलादेशबीचको दोस्रो टेस्ट बर्षाले प्रभावित
असोज ११, २०८१ शुक्रबार
विभिन्न खेलका प्रशिक्षकहरुसँग सदस्य सचिवको छलफल
असोज ११, २०८१ शुक्रबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार