दाहाल स्मृति : स्थगित फाईनल खेल आज
नेपालबहस संवाददाता
भदौ ३१, २०७६ मंगलबार १३:५९:१४
३१ भदौ, काठमाडौं । पहिलो संस्करणको प्रकाश दाहाल स्मृति प्रगतिशिल युवा नेपाल कप राष्ट्रिय खुल्ला पुरुष भलिबल प्रतियोगिताको स्थगित भएको फाईनल खेल आज ‘मंगलबार’ हुने भएको छ ।
नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा बर्षा बाधक बनेपछि त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबबीचको सोमबारको फाईनल खेल स्थगित भएको थियो । खेल दिउँसो १ बजे सुरु हुने आयोजकले जनाएको छ ।
बर्षाले खेल स्थगित हुनु अघि दुवै टिमले समान १–१ सेट जितेका थिए । पहिलो सेट आर्मीले २५–२३ र दोस्रो सेट पुलिसले २५–२० ले जितेको थियो । तेस्रो सेटमा पुलिस २३–१९ ले अगाडी रहेको अवस्थामा पानीले खेल प्रभावित बन्यो ।
अर्को खेलमा विभागीय टिम एपीएफलाई हराउँदै गण्डकी प्रदेश तेस्रो बन्यो ।प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख रुपैयाँ हात पार्नेछ । विधागततर्फका उत्कृष्ट खेलाडीलाई समेत पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपन्यूजील्याण्डविरुद्ध दोस्रो टेस्टमा बलियो अवस्थामा श्रीलंका, तीन खेलाडीले बनाए शतक
असोज ११, २०८१ शुक्रबार
भारत र बंगलादेशबीचको दोस्रो टेस्ट बर्षाले प्रभावित
असोज ११, २०८१ शुक्रबार
विभिन्न खेलका प्रशिक्षकहरुसँग सदस्य सचिवको छलफल
असोज ११, २०८१ शुक्रबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार