‘ड्रेस टु इम्प्रेसन–२’ मा ८० डिजाईरन उत्रँदै
नेपालबहस संवाददाता
असोज ९, २०७६ बिहिबार २०:२५:१२
९ असोज, काठमाडौं । काठमाडौंको बागबजार र ललितपुरको कुमारी पार्टीमा रहेको ‘ इन्टरनेसनल इन्टिच्युट अफ फेसन एन्ड टेक्नोलोजी’का करिब ८० जना प्रशिक्षार्थी डिजाईनरहरु फेसन डिजाईन प्रतियोगितामा उत्रँदैछन् ।
आयोजक सँस्था इन्टरनेसनल इन्टिच्युट अफ फेसन एन्ड टेक्नोलोजीले दोश्रो संस्करणको ‘ड्रेस टु इम्प्रेसन–२’ फेसन डिजाईन प्रतियोगिता ११ असोज (शनिबार) साँझ काठमाडौंको बालुवाटार स्थित अम्रपाली पार्टी प्यालेसमा आयोजना गर्दैछ ।
यो प्रतियोगितामा ८० जना फेशन डिजाईनरहरु आफैंले तयार गरेका पहिरनमा र्याम्पमा उत्रने छन् । ६० महिना यताबाट फेसन डिजाईन पढीरहेका विधार्थीहरुले यो प्रतियोगितामा सहभागिता जनाउन लागेका हुन् ।
यी डिजाईनरहरुको फेशन डिजाईनको प्रारम्भिक प्रस्तुति इन्टरनेसनल इन्टिच्युट अफ फेसन एन्ड टेक्नोलोजीमा बुधबार सम्पन्न भएको छ । सो प्रारम्भिक प्रस्तुतिमा डिजाईनहरुले आफ्नो डिजाईन र ड्रेसको रँग, डिजाईन, प्रभाव र महत्वबारे प्रकाश पारे । आफुले तयार पारेको ड्रेसमा उनीहरु सजिएर सो क्रममा प्रस्तुत भएका थिए ।
प्रारम्भिक प्रस्तुतिको निर्णायकमा राजधानी दैनिकका बरिष्ट उप सम्पादक डब्बु क्षत्री, गायिका÷नायिका बिष्णु चेम्जोङ, इन्टरनेसनल इन्टिच्युट अफ फेसन एन्ड टेक्नोलोजीका प्रबन्ध निर्देशक फुपु तेन्जिङ शेर्पा र इन्टरनेसनल इन्टिच्युट अफ फेसन एन्ड टेक्नोलोजीका एकेडेमीक निर्देशक राजु सुवाल थिए ।
आयोजक संस्थाका प्रबन्ध निर्देशक शेर्पाका अनुसार इन्टिच्युट अफ फेसन एन्ड टेक्नोलोजीका विधार्थीहरुको डिजाईन प्रोत्साहनका लागि ‘ड्रेस टु इम्प्रेसन’ गत वर्षबाट आयोजना गरिँदै आएको हो । यो प्रतियोगितामा उत्कृष्ट हुने डिजाईनरलाई १५ हजार रुपैयाँ र ट्रफी, फस्ट रनर अप डिजाईनरलाई १० हजार रुपैयाँ र ट्रफी एवम् सेकेन्ड रनर अप हुने डिजाईनरलाई ८ हजार रुपैयाँ र ट्रफी प्रदान गरिने छ ।
यो फेशन साँझको कोरियोग्राफी बिपना थापाले गर्दैछिन् । कार्यक्रममा फेशन शोसँगै विभिन्न साँस्कृतिक प्रस्तुति पनि रहने आयोजक फुपु तेन्जिङ शेर्पाले जानकारी गराएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइरानी चित्रकारको एकल चित्रकला प्रदर्शनी सुरू
जेठ ११, २०८१ शुक्रबार
फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक
जेठ ५, २०८१ शनिबार
काठमाडौँमा ‘न्यूयोर्क राइटर्स वर्कसप’ र ‘हिमालयन लिटरेचर फेस्टिभल’ हुँदै
जेठ ४, २०८१ शुक्रबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार
यस्ता छन् मन्त्रिपरिषद् बैठकका २६ निर्णय ( हेर्नुस सुचिसहित )
जेठ १८, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १९, २०८१ शनिबार
बजेट अर्थमन्त्री र माओवादीप्रति ढल्किएको ओलीको आरोप
जेठ १९, २०८१ शनिबार
यार्सा संकलनमा गएका दुईजनाको मृत्यु, एक सिकिस्त
जेठ १९, २०८१ शनिबार
कुमारी बैंक ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड-२०२४’ बाट सम्मानित
जेठ १९, २०८१ शनिबार
दार्चुलामा यार्सा टिप्न गएका युवकको लडेर मृत्यु
जेठ १९, २०८१ शनिबार
किसानलाई आत्मनिरर्भर बनाउन निःशुल्क धानको बीउ वितरण
जेठ १९, २०८१ शनिबार