बर्दिबासमा दशैँ बिशेष ‘बर्दिवास फेस्ट’को दोश्रो सिजन सम्पन्न [फोटो फिचर]
नेपालबहस संवाददाता
असोज १९, २०७६ आइतबार २३:४०:५१
१९ असोज, ईटहरी । एल एण्ड एन मोडल एजेन्सीले बर्दिबास फेसन शो २०७६ को दोस्रो सिजन सम्पन गरेको छ । यस फेसन शोमा ८ वर्ष देखि ३० वर्ष उमेर समुहका युवा यूवतिहरुले र्याम्प गरेका थिए ।
जसमा २१ जना यूवायूवतिहरुले बिभिन्न भेषभुषाका पहिरनहरुमा फेसन शो गरेका थिए । फेसन शोमा फोटो प्रतियोगिताबाट प्रथम चन्दन शाह, फर्स्ट रनरअप अनिस दाहाल, सेकेन्ड रनअप अर्पण भण्डारी भएका थिए ।
सभागीहरुलाई अन्य थुप्रै अवार्डहरु पनि दिईएको थियो । उक्त शोको लागि गेष्ट मोडलको रुपमा ईटहरिका सुस्मिता श्रेष्ठ र सर्मिला दाहाल पनि उपस्थित थिए भने उनीहरुले पनि स्टेजमा र्याम्प नापेका थिए ।
बेस्ट फिगर, अर्गनाईजर च्वाईज अवार्ड, फोटोजेनिक अवार्ड, बेस्ट र्याम्प अवार्ड जस्ता थुप्रै अवार्डहरु दिईएको थियो । फेसन शोमा भाग लिने यूवायूवतिहरुलाई विभिन्न कम्पनिले गिफ्ट ह्याम्पर प्रदान गरेको थियो ।
शोमा बर्दिवासका विशिष्ट व्यक्तित्वहरुको राम्रै जमघट रहेको थियो । कार्यक्रममा ४ सय हाराहरीमा दर्शकहरुको सहभागिता रहेको थियो । कार्यक्रमा राष्टिय कलाकारहरु गायक तथा संगीतकार कर्ण राज गिरि, मन्त्रराज, बेली डान्सर र हस्तकला, चित्रकला, कमेडीसंग संगै विभिन्न ख्याती प्राप्त फेशन डीजाईनरका ड्रेसहरुको समेत प्रस्तुत गरेर कार्यक्रममा भरपुर मनुरञ्जन दिएको आयोजकले जानकारी दिएका छन् ।
आफुुसंग लुकेर रहेको कलालाई देखाउन र बर्दिबासमा भएका युवा, यूवतिहरुलाई केहि सिकाउने र त्यस ठाउँको बिभिन्न फेसनहरुलाई प्रतुत गर्ने एल एण्ड एन मोडल एजेन्सीका प्रबन्ध निर्देशक रोमीयो एन केले बताए ।
एल एण्ड एन मोडल एजेन्सी प्रा.लि. ले यस्ता थुप्रै कार्यक्रमहरु गर्दै आएको छ । यस सस्थाले बिभिन्न ठाउँहरुमा जहाँ फेसन शो भन्नाले गलत नजरले हेर्ने ठाउँमा गएर पनि फेसन शोको बारेमा बुझाएर फेसन शो गरेर सकारात्मक सन्देश दिदै आएका छन् । अबको फेसन शो जनकपुरमा रहने आयोजकले जानकारी दिएको छ । यस कम्पनीले पहिलो पटक नेपालमा अन्तराष्ट्रिय प्रोडक्ट पनि केहि समय अघि लन्च गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक
जेठ ५, २०८१ शनिबार
काठमाडौँमा ‘न्यूयोर्क राइटर्स वर्कसप’ र ‘हिमालयन लिटरेचर फेस्टिभल’ हुँदै
जेठ ४, २०८१ शुक्रबार
नेपालको समृद्धिका निम्ति स्वदेशमै काम गर्न अभिप्रेरित गर्ने फोटो प्रदर्शनी
बैशाख २८, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
कलेजो क्यान्सर भएको कसरी थाहा पाउने ? यस्ता छन् लक्ष्णहरु !
नेपालबहस संवाददाता
जेठ ५, २०८१ शनिबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
सिटिजन्स बैंकका सबै कार्डहरू अति सुरक्षित छन्, ढुक्कले चलाउनु भए हुन्छ
जेठ ६, २०८१ आइतबार
बाँदरबाट जोगाउन नसकिएपछि धानको विकल्पमा कागतीखेती
जेठ ७, २०८१ सोमबार
जिल्ला अस्पताल हुम्लामा औषधि अभाव हुँदा बिरामी मर्कामा
जेठ ७, २०८१ सोमबार
प्रतिपक्षी दलहरुको निष्कर्ष, सभामुख मर्यादाहीन भए
जेठ ७, २०८१ सोमबार
कृषकलाई अनुदानमा धानको बीउ वितरण
जेठ ७, २०८१ सोमबार
जलेश्वर कारागार जीर्ण, कैदीबन्दीलाई समस्या
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार