छोटी भन्सार सञ्चालनमा आएपछि व्यापारीलाई सहज
नेपालबहस संवाददाता
असोज २६, २०७६ आइतबार १२:०:१२
२६ असोज, रौतहट । रौतहटको बङ्कुलमा रहेको छोटी भन्सारको कार्यालय सञ्चालनमा आएपछि व्यापारीलाई सहज भएको छ । करीब पाँच महीनापछि बङ्कुलमा रहेको छोटी भन्सार कार्यालय सञ्चालनमा आएको हो ।
लामो समयदेखि कर्मचारी नहुँदा बन्द रहेको छोटी भन्सार कार्यालय सञ्चालनमा आएपछि व्यापारीलाई सहज भएको छ । भारतबाट सामान आयात गर्दै आएका त्यस क्षेत्रका व्यापारीले राजश्व बुझाउन नपाउँदा सामान चोरी तस्करी गरेर ल्याउने गरेका थिए । चोरी तस्करी बढेको भन्दै प्रशासनको दबाबपछि गौर भन्सार कार्यालयले कर्मचारी पठाएर कार्यालय सञ्चालन गरेको हो ।
जसका कारण भारतबाट आयात गर्ने सामनमा कडाइका साथ जाँच हुने गरेको छ । छोटी भन्सार सञ्चालनमा नआएकै कारण तस्करलाई फाइदा पुगेको स्थानीयवासी बताँउछन् । अहिले कार्यालयमा दुई कर्मचारी बस्न थालेको भन्सार कार्यालय गौरका भन्सार अधिकृत आशुतोष राईले बताए ।
कर्मचारी अभावले बङ्कुल छोटी भन्सार सञ्चालन हुन ढिला भएको उनले बताए । अहिले गौर भन्सार र बङ्कुल छोटी भन्सार सञ्चालनमा छ भने अन्य कार्यालय बन्द हुँदा राजश्व प्रभावित भएको छ । भारतसँग सीमा जोडिएको रामपुरखाप, औरैया, ब्रह्मपुरी र मठिया छोटी भन्सार कार्यालय करीब झण्डै १५ वर्षदेखि बन्द छ ।
मन्त्रालयले भन्सार कार्यालयमा दरबन्दीअनुसारको कर्मचारी पठाउनुको साटो काजमा कर्मचारी अन्यत्र पठाउने गरेकाले समस्या भएको भन्सार अधिकारीको गुनासो छ । यसैबीच रौतहट प्रहरीले अवैध सामानहरु बरामद गरी गौर भन्सार कार्यालयमा बुझाएको छ ।
प्रहरी चौकी बङ्कुलबाट खटिएको टोलीले एक लाख ५० हजार मूल्य बराबरको सामान बरामद गरेको छ । प्रहरी नायब निरीक्षक वीरेन्द्रप्रसाद यादवको नेतृत्वमा रहेको टोलीले कपडा तथा भाडाहरु बरामद गरेको हो । बरामद गरिएको सामानलाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालयमा बुझाइएको उनले जानकारी दिए ।
यसैबीच सरमुजवाबाट पनि सशस्त्र प्रहरीले पनि मोटरसाइकलसहित सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल सरमुजवाको टोलीले बिआर ५ एसी ३९३७ नम्बरको मोटरसाइकलमा लुकाएर ल्याउँदै गरेको अवस्थामा पटका बरामद गरेको सशस्त्र प्रहरी निरीक्षक दीपनर सिंहले जानकारी दिए । चाडपर्वको समयमा भारतबाट अवैधरूपमा नेपाल सामानहरु भित्रिने गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको छलफल
भदौ २६, २०८१ बुधबार
बागलुङको लेकमा उत्पादित कपडा विदेश निर्यात
भदौ १९, २०८१ बुधबार
ग्रामीण सडक कालोपत्र, मुख्य सडकको समस्या उस्तै
असार ८, २०८१ शनिबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार