कुमारी बैंकका सेवाग्राहीले नेपाल ग्याँस किन्दा नगद फिर्ता पाउने
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असोज ३०, २०७६ शुक्रबार ०:१०:५९
![](https://nepalbahas.prixacdn.net/media/albums/Agreement-with-Nepal-Gas-photo-kumaribank_3VJAYG6zJG.jpg)
३० असोज, काठमाडौं । कुमारी बैंक लिमिटेड र देशकै पहिलो एलपी ग्याँस आयातकर्ता एवम् विक्रेता कम्पनी, नेपाल ग्याँस ईन्डष्ट्रीज प्राइभेट लिमिटेडबीच आय संकलन सुविधा सम्बन्धी एक सहकार्य भएको छ ।
सो सहकार्य पश्चात् नेपाल ग्याँसका वितरकहरुले आफ्नो आम्दानी कुमारी बैंकको क्यू आर पेमेन्ट प्रणाली मार्फत आफ्नो बैंक खातामा सहज रूपमा संकलन गर्न सक्नेछन् ।
सो सम्झौतापत्रमा कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी तथा नेपाल ग्याँस ईन्डष्ट्रीजका कार्यकारी निर्देशक गोकुल भण्डारीले हस्ताक्षर गरे । उक्त सहकार्य पश्चात् नेपाल ग्याँसका आधिकारिक विक्रेताहरूका लागी कुमारी बैंक लिमिटेड आधिकारिक पेमेन्ट पार्टनर हुनेछ । सो पश्चात् कुमारी बैंकका ग्राहकहरूले प्रत्येक नेपाल ग्याँस खरिदको भुक्तानीमा रू ५० सम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।
ग्याँस सिलिन्डर खरिद विक्रीको भुक्तानी कुमारी बैंकको क्यू आर पेमेन्ट प्रणाली मार्फत भएको खण्डमा मात्र उक्त क्यासब्याक सुविधा लागु हुनेछ । यसैगरी, कुमारी बैंकले नेपाल ग्याँसका वितरकहरूलाई क्यू आर पेमेन्ट प्रणाली लगायत बचतको बानी तथा बैंक खाता सञ्चालन सम्बन्धी आधारभूत प्रशिक्षण पनि दिएको छ । उक्त क्यासब्याक सुविधा सम्झौता यहि कार्तिक १ गते देखि लागु हुनेछ ।
आफूलाई समसामयिक प्रविधिको अग्रणी तथा द्रुत अनुकरण गर्न सफल कुमारी बैंकले आफ्ना देशभर रहेका १०७ शाखा संजाल, ९४ एटिएम्, ३ एक्सटेन्सन काउन्टर तथा ८ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक सेवाहरु दिँदै आएको बैंकले आगामी दिनमा यस्तै प्रभावकारी सेवा पु¥याउने प्रतिबद्धता जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपघिसिङ र उद्योगीबीच सुरु भयो वार, कसको कति छ बिल ?
असार १२, २०८१ बुधबार
साल्ट ट्रेडिङले भन्यो:- नुनको आवश्यक मौज्दात यथावत् छ, भीड नलाग्नु !
असार ११, २०८१ मंगलबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
अष्ट्रेलियालाई २१ रनले पराजित गरेपछि कप्तान राशिद खानले के भने ?
नेपालबहस संवाददाता
असार ९, २०८१ आइतबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
असार ११, २०८१ मंगलबार
टोली सेमिफाइनलमा पुग्नेबित्तिकै अफगानिस्तानका सडकमा ट्राफिक जाम
असार ११, २०८१ मंगलबार
सर्वोच्चले खारेज गर्यो कोशी प्रदेश सरकार विरुद्धको रिट
असार ११, २०८१ मंगलबार
लेबनानमा हुने चार देशीय प्रतियोगिता खेल्ने महिला फुटबल टिमको घोषणा
असार १२, २०८१ बुधबार
लमजुङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका चार जनाको मृत्यु
असार १२, २०८१ बुधबार
घण्टाघरको पुनर्निर्माणको कार्य सुरू (तस्बिरहरु)
असार १२, २०८१ बुधबार
तनहुँका किसानलाई रासायनिक मलको समस्या नहुने
असार १२, २०८१ बुधबार