प्रम ओलीको दोस्रो डायलोसिस पूरा, नारायणकाजी र भीम रावलले भेट पाएनन् !
नेपालबहस संवाददाता
कात्तिक १४, २०७६ बिहिबार २०:१०:२५
१४ कात्तिक,काठमाडौं । अकस्मात बिरामी भएपछि ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीमा हिजो दिउँसो भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओली आज बेलुकीसम्म डिस्चार्ज हुने संभावना रहेकोे छ ।
भाईटीकाको बेलुकीदेखि नै टाउको दुखेर हन्हनी ज्वरो आएपछि प्रधानमन्त्री ओली हिजो बिहान परीक्षणका लागि ग्राण्डी अस्पताल पुगेका थिए । अस्पताल पुगेपछि स्वास्थ परीक्षण गर्दा मृगौलामा विकार बढेको देखिएको थियो । रगत सफा गर्न तत्काल डाइलोसिस गर्नुपर्ने भन्ने चिकित्सकको सल्लाह बमोजिम हिजै राती एकचरण डाइलोसिस गरियो ।
दोस्रो चरणको डाइलोसिस पनि गर्नुपर्ने चिकित्सकले भनेपछि आज दिउँसो दोस्रो चरणको डाइलोसिस गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले बताए । आज बिहान प्रधानमन्त्रीसँग भेट गरेका अर्यालले प्रधानमन्त्री हँसिलो मुद्रामा रहेको जानकारी दिए । भोलिबाटै काममा फर्कने पनि भेटका बेला ओलीले बताएको पनि अर्यालले जानकारी दिए । संभवत : आजै बेलुकी उहाँ बालुवाटार फर्कनु हुने छ – प्रेस सल्लाहकार अर्यालले भने ।
यसैबीच अस्पतालमा उपचारार्थ भर्ना भएका प्रधानमन्त्री ओलीलाई भेट्न गएका नेकपा नेताद्वय नारायणकाजी श्रेष्ठ र भीमबहादुर रावल रित्तै फर्किएका छन् । उपचाररत प्रधानमन्त्री ओलीलाई भेट्न यी दुवै नेता आज अपरान्ह ग्राण्डी अस्पताल पुगेका थिए । तर प्रधानमन्त्रीको डायलोसिस भईरहको भन्दै नेताद्वयलाई भेट गर्न दिइएन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेता शेखर कोइरालाको प्रश्न: नागरिक बगेको घट्नाले राज्यलाई अलिकति पनि छोएन ?
असोज १२, २०८१ शनिबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
गृहमन्त्रीले बोलाए केन्द्रिय सुरक्षा समितको बैठक
असोज १२, २०८१ शनिबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार