कम्युनिष्ट कार्यकर्ता भर्ति हुँदैछन् प्रदेश प्रमुखमा, को को हुन् ती ?
नेपालबहस संवाददाता
कात्तिक १८, २०७६ सोमबार १९:१६:३२
१८ कात्तिक,काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष खड्गप्रसाद ओली दोस्रो पटक मृगौला प्रत्यारोपण गर्ने मनस्थितिमा पुगेसँगै राज्य संयन्त्रलाई पूरै एमालेकरण गर्न कस्सिएका छन् ।
हिजो मात्रै हठात रुपमा सातै प्रदेशका प्रमुखलाई बिना कारण र आधार पूर्वाग्रही ढंगले बर्खास्त गरेपछि रिक्त स्थानमा पूर्वएमालेकरण गर्ने अन्तिम तयारीमा लागेका हुन् ।
यस प्रयोजनका लागि अहिले ओलीको सरकारी निवास बालुवाटारमा पार्टी सचिवालय वैठक सकिएकाे छ । वैठकमा ओलीले सात वटै प्रदेशमा पार्टी कार्यकर्ता नै भर्ति गर्ने प्रस्ताव गरेको स्रोतले बताएको छ । जसमा प्रदेश नं. १ का लागि डा. के एम खम्बुको नाम ओलीले प्रस्ताव गरेका छन् । तर पूर्व माओवादी पक्षले भने शर्मिला त्रिपाठीलाई नियुक्त गर्न लबिङ गरिरहेको छ ।
यस्तै प्रदेश नं. २ का लागि पूर्वएमालेको तर्फबाट पूर्वमन्त्री धर्मनाथ प्रसाद साहको नाम प्रस्ताव भएको छ भने पूर्व माओवादीले भने दिनेशचन्द्र यादवको नाम अघि सारेको छ । उता, प्रदेश ३ का लागि पूर्व एमालेको तर्फबाट धेरै जनाको नाम चर्चामा ल्याइएको छ । जसमा अमृत बोहरा, रघुजी पन्त, महेन्द्र पाण्डे लगायत छन् भने पूर्व माओवादीले अमिक शेरचनको नाममा सहमति खोजेको छ ।
यस्तै गण्डकी प्रदेशका लागि सोमनाथ प्यासीलाई एमालेले प्रस्ताव गरेको छ । प्यासीको नाममा भने लगभग सहमति भएको बुझिएको छ । यस्तै कर्णाली प्रदेशका लागि पूर्व माओवादी नेता बिनोदकुमार शाहको नाम पनि स्वीकृत हुने अवस्था रहेको छ । उता, सुदूरपश्चिम प्रदेशका लागि पूर्वमाओवादीले खेमराज भट्ट मायालुको नाममा सहमति खोजेको छ ।
अहिले सचिबालय वैठकले निर्णय गरे लगत्तै बालुवाटारमा बस्ने मन्त्रिपरिषद बैठकले यी नाम अनुमोदन गरी नियुक्त गर्न राष्ट्रपति समक्ष बुझाइने तयारी रहेको पनि स्रोतको दावी छ ।
प्रदेश प्रमुख जस्तो पदलाई ओली सरकारले राजनीतिक कार्यकर्ता भर्ति केन्द्र बनाउन लागेकोमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ती जनाएको छ ।
तथापी, नेकपाको आज मध्यान्ह बसेको सचिवालय बैठकले सातै प्रदेशका प्रदेश प्रमुखहरुको नाम सिफारिस गरिसकेकाे छ । जसअनुसार सोमनाथ अधिकारी (कास्की), तिलक परियार (बाँके), शर्मिला त्रिपाठी (काठमाडौं), अमिक शेरचन (चितवन), विष्णु प्रसाईँ (झापा), गोविन्द कलौनी (डडेल्धुरा) र धर्मनाथ यादव (सिरहा) को नाम सरकारसमक्ष सिफारिस गर्ने निर्णय भएको बैठकपछि एक नेताले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुर नगरप्रमुखमा कांग्रेसबाट डङ्गोलले चुनाव लड्ने
मंसिर १, २०८१ शनिबार
सहकारी ठगीको अनुसन्धान कहिँकतैबाट प्रभावित हुँदैन् : सञ्चारमन्त्री गुरुङ
मंसिर १, २०८१ शनिबार
पार्टीभित्र गुटबन्दी अन्त्य नभए कांग्रेस खुम्चिँदै जान्छः महामन्त्री थापा
मंसिर १, २०८१ शनिबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
पाकिस्तानमा पृथकतावादी समूहको आक्रमणमा परी ७ सैनिकको मृत्यु
मंसिर १, २०८१ शनिबार
६ सय एक हप्ता सफाइ गर्दा पनि वागमतीको अवस्था उस्तै
मंसिर १, २०८१ शनिबार
कीर्तिपुर नगरप्रमुखमा कांग्रेसबाट डङ्गोलले चुनाव लड्ने
मंसिर १, २०८१ शनिबार
सहकारी ठगीको अनुसन्धान कहिँकतैबाट प्रभावित हुँदैन् : सञ्चारमन्त्री गुरुङ
मंसिर १, २०८१ शनिबार
‘कूटनीतिक माध्यमबाट’ युद्ध अन्त्य गर्न चाहेको जेलेन्स्कीको भनाइ
मंसिर १, २०८१ शनिबार