चालू आर्थिक वर्षमै ४१ जिल्ला उज्यालो हुन्छ : ऊर्जामन्त्री पुन
नेपालबहस संवाददाता
कात्तिक २२, २०७६ शुक्रबार २०:२८:०
२२ कार्तिक घोराही । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले चालू आर्थिक वर्षमै दाङसहित देशका ४१ जिल्लामा विद्युतीकरण गरिने बताएका छन् ।
उनले देशमा विद्युत् उत्पादनको मात्रा बढिरहेकाले देशका अंधिकांंश जिल्लाका प्रत्येक गाउँबस्तीमा विद्युत् पु¥याउने सरकारको लक्ष्य पूरा हुन लागेको बताए । “पहिलो चरणमा ४१ जिल्ला पूर्णरुपमा विद्युतीकरण गरिन्छ”, उनले भने, “आगामी वर्ष अरु थप जिल्लामा पनि विद्युतीकरण गरिने तयारी छ ।” मन्त्री पुनले विद्युत्सँगै सौर्य, बायोग्यासलगायत वैकल्पिक ऊर्जाका माध्यमबाट देशलाई उज्यालो बनाउने अभियानमा लागिएको बताए ।
प्रेस सङ्गठन दाङ शाखले आज घोराहीमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले हालसम्म केही विद्युत् भारतबाट आयात गरिए पनि आगामी वर्षदेखि भने निर्यातको चरणमा पुगिने जानकारी दिए।
चालू आर्थिक वर्षमा साढे आठ प्रतिशत आर्थिक वृद्धिदर पनि विद्युत्को सहज पहुँचकै कारण सम्भव भएको जिकिर गर्दै मन्त्री पुनले आगामी वर्षमा थप एक हजार मेगावाट विद्युत् मुख्य प्रसारण लाइनमा जोडिने हुँदा कृषि, ऊर्जा, पर्यटन र होटेल व्यवसायमा लगानीको थप बाटो खुलेको छ भने ।
नेपालले भारत, बङ्गलादेश र चीनसँग विद्युत् बेच्ने सहमति गरिसकेकाले आउँदो १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गरेर यी तिनै देशमा विद्युत् बिक्री गर्ने लक्ष्यका साथ सरकारले काम गरिरहेको पनि उनले जानकारी गराए ।
सरकारले देशको भौतिक एवं मानवीय विकासका लागि बाह्य र आन्तरिक लगानी बढाइरहेको हुँदा ‘समृद्ध नेपाल सुखी नेपाली’को नारा छिट्टै पूरा हुने मन्त्री पुनले आशा व्यक्त गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको छलफल
भदौ २६, २०८१ बुधबार
बागलुङको लेकमा उत्पादित कपडा विदेश निर्यात
भदौ १९, २०८१ बुधबार
ग्रामीण सडक कालोपत्र, मुख्य सडकको समस्या उस्तै
असार ८, २०८१ शनिबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार