त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठोक्कियो यति र श्री एयरलायन्सकाे जहाज
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
कात्तिक २२, २०७६ शुक्रबार २१:२५:४८
![](https://nepalbahas.prixacdn.net/media/albums/tia-nepal_e96nufooUV.jpg)
२२ कार्तिक, काठमाडौं । देशकै एकमात्र अन्तर्राष्ट्रिय हवाइअड्डा त्रिभुवन विमानस्थलको आन्तरिक पार्किङमा दुई निजी कम्पनीका विमान ठोकिएका छन् । आन्तरिक उडानका दुई ठूला वायुसेवा प्रदायक कम्पनी यती एयरलाइन्स र श्री एयरलाइन्सका जहाज आपसमा ठोक्किएकाे हो । श्री एयरलाइन्सको सिआरजे ७०० जहाजले अवतरणपछि पार्किङतर्फ लैजाने क्रममा पार्किङमा रहेको यती एयरलाइन्सको एटिआर–७२ जहाजलाई ठक्कर दिएको छ ।
नेपालबहसलाई प्राप्त समाचार अनुसार विराटनगरबाट आएको श्री एयर पार्किङमा जाँदै गर्दा यतिको जहाजलाई धकेल्न पुगेकाे थियाे । तर दुवै जहाज ठुलाे दुर्घटना हुनबाट बचेकाे छ ।
यस कारण ठोक्किए दुई जहाज
साँघुरो पार्किङ, त्यसमाथि एयरलाइन्सको जथाभावी पार्किङका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडान अस्तव्यस्त बनेको छ । प्रतिस्पर्धी एयरलाइन्सको होडबाजी तथा व्यवस्थापनको लापरवाहीका कारण दुर्घटनाको जोखिम उत्तिकै बढेको छ । त्यसको उदाहरणको रूपमा आजै दिउँसो दुई जहाज ठोक्किएको घटनालाई लिन सकिन्छ ।
श्रीको जहाजको दायाँतर्फको पखेटाले रोकिरहेको यतीको जहाजको पछाडितिर ठक्कर दिएको थियो । सामान्य मर्मतपछि जहाज सञ्चालनमा आउने विमानस्थलले जनाएको छ । यो घटनालाई एयरलाइन्सका सञ्चालकहरु साँघुरो व्यवस्थापनले गर्दा समस्या आएको बताउँछन् । तर, विमानस्थलको प्रशासनले जहाजको चाप बढे पनि उडान व्यवस्थापनलाई सहज र प्रभावकारी बनाइएको जिकिर गरेको छ ।
श्री एयरलाइन्सका संस्थागत प्रबन्धक अनिल मानन्धरले साँघुरो पार्किङमा जथाभावी जहाज पार्किङ गरेका कारण विमानस्थलको आन्तरिक उडान अव्यवस्थित बनेको बताए । विमानस्थल र एयरलाइन्सका प्राविधिकले ठोक्किएको जहाजको निरीक्षण गरी आवश्यक मर्मत गरिसकेको बताइएको छ ।
विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले श्रीएयरको जहाजले अवतरणपछि पार्किङमा लैजाने क्रममा पार्किङमै रहेको यतीको जहाजको पछाडी सामान्य ठक्कर दिएको र मर्मतपछि सञ्चालनमा आउने बताए ।
विमानस्थलको आन्तरिकतर्फ पार्किङमा १८ देखि २० वटा जहाजको क्षमता रहे पनि ३० वटाभन्दा बढी जहाज पार्किङ गरिँदै आइएको छ । विमानस्थलको चाप न्यूनीकरणका लागि क्षेत्रीय विमानस्थलमा जहाज रहने विमानस्थलले निर्णय गरे पनि त्यो प्रभावकारी लागू भएको छैन । आन्तरिकतर्फ बिहान ६ बजेदेखि राति नौ बजेसम्म उडान हुने गरेको छ ।
आन्तरिकमा अहिले १० हेलिकोप्टरसहित २० वटा वायुसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपग्रामीण सडक कालोपत्र, मुख्य सडकको समस्या उस्तै
असार ८, २०८१ शनिबार
मदिरा र सुर्तीजन्य वस्तुमा कर वृद्धि
जेठ १५, २०८१ मंगलबार
बजेटबारे नेताहरूको मिश्रित प्रतिक्रिया : कोही भन्छन्- राम्रो, कोही भन्छन् नराम्रो !
जेठ १५, २०८१ मंगलबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
अष्ट्रेलियालाई २१ रनले पराजित गरेपछि कप्तान राशिद खानले के भने ?
नेपालबहस संवाददाता
असार ९, २०८१ आइतबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
असार ११, २०८१ मंगलबार
टोली सेमिफाइनलमा पुग्नेबित्तिकै अफगानिस्तानका सडकमा ट्राफिक जाम
असार ११, २०८१ मंगलबार
सर्वोच्चले खारेज गर्यो कोशी प्रदेश सरकार विरुद्धको रिट
असार ११, २०८१ मंगलबार
लेबनानमा हुने चार देशीय प्रतियोगिता खेल्ने महिला फुटबल टिमको घोषणा
असार १२, २०८१ बुधबार
लमजुङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका चार जनाको मृत्यु
असार १२, २०८१ बुधबार
घण्टाघरको पुनर्निर्माणको कार्य सुरू (तस्बिरहरु)
असार १२, २०८१ बुधबार
तनहुँका किसानलाई रासायनिक मलको समस्या नहुने
असार १२, २०८१ बुधबार