करले उद्योग व्यापारमा अवरोध
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
मंसिर ३, २०७६ मंगलबार १४:४:३
![](https://nepalbahas.prixacdn.net/media/albums/binod-kuwar_PthnzXGgX6.jpg)
३ मंसिर काठमाडौं । आन्तरिक राजश्व विभागका महानिर्देशक विनोद बहादुर कुँवरले करले उद्योग व्यवसायमा नकारात्मक असर नहोस् भनेर व्यवसायीसँग छलफल गरेर टुङ्गो लगाउने बताएका छन् ।
आठौं कर दिवस तथा कर सप्ताह कार्यक्रमको अवसरको दोश्रो दिन सोमबार नेपाल चेम्बर अफ कमर्सले चेम्बर भवनमा गरेको अन्तरक्रियामा उनले प्रविधी मैत्री कर प्रशासनमा जोड दिनुपर्ने उल्लेख गरे । महानिर्देसक कुँवरले कर शिक्षालाई प्राथमिकता दिदै प्रणाली र प्रक्रियागत प्रणालीमा सुधार गरि कर कार्यलय नपुगि कर भुक्तानी र कर विवरण मोबाईलमा जानकारी दिने दिशामा भएकाले उद्योगी व्यवसायी एंव करदाताको साथ अनिवार्य रहेको धारणा राखे ।
कार्यक्रममा चेम्बरका अध्यक्ष राजेश काजी श्रेष्ठले आर्थिक ऐन २०७६ लागू भएको चार महिना व्यतित नहुंदै अन्तशुल्क करका दरमा परिवर्तन गर्नुले व्यवसायमा स्थिरता नहुने उल्लेख गरे । कर दिवसले करदातालाई आफूले तिरेको रकमको सही सदुपयोग हुने भएकाले कर कानूनको परिपालना, कर चुहावट नियन्त्रण एंव करदाता शिक्षाको माध्यमबाट सर्वसाधारणलाई कर सम्बन्धी जनचेतना जगाउन महत्वपूर्ण भूमिका हुने बताए ।
कर लगाउँदा त्यति मात्र लिनु जति माहुरीले फूलबाट जति रस लिन्छ त्यति लिनु जसबाट फूलको महक पनि कम नहुने र मह पनि बन्ने जस्तो अवधारणाबाट अभिप्रेरित हुनुपर्ने उनले बताए। तर अत्यावश्यक मेगा प्रोजेक्ट र ठूला विकासका कार्य छ भने मात्र अधिक कर लिनुपर्ने व्यवस्था हुनुपर्ने अध्यक्ष श्रेष्ठले बताए ।
उनले उद्यमी व्यवसायीले कर सम्बनधी कानून उल्लघंन गरेका पाइएमा उनिहरुलाई फौज्दारी अभियोग नलगाई आर्थिक जरिवानामात्र लगाउनु पर्ने धारणा राखे । अध्यक्ष श्रेष्ठले कर अधिकृतको स्वविवेकीय अधिकारलाई वस्तुपरक र निश्चित मापदण्डभित्र ल्याइनु बताए । उनले सर्वसाधारणलाई अतिरिक्त व्ययभार नपर्ने गरी एकपटकको लागि विभिन्न करदाताले आफ्नो सम्पत्तिको स्वघोषणा गर्ने अवसर उपलब्ध गराइनुका साथै प्राप्त सूचनाको आधारमा सरकारले पर्पर्टी इन्डेक्स पनि तयार गर्नु पर्ने दाबी गरे ।
उनले अझै पनि कतिपय काारोबारमा दोहोरो ढंगले कर लाग्ने गरेकोले यो प्रचलनलाई यथाशीघ्र खारेज गरिनुपर्नेमा जोड दिदै संघीयतापछि खर्च बढे जस्तै कुन कुन क्षेत्रमा खर्च घटाउन सकिन्छ त्यसतर्फ पन मितव्ययिता अपनाउनुपर्ने उल्लेख गरे ।
कर दिवसले करले होइन रहरले दिने प्रेरणा दिन सफल हुने विश्वास अध्यक्ष श्रेष्ठको थियो ।
राष्ट्र बैंकको तत्थ्यांक अनुसार आ.व. २०७५/७६ मा राजश्व परिचालन रु.८६५ अर्ब ५५ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधीमा सरकारको कूल राजश्व रु.७२६ खर्ब ७२ करोड रहेको थियो । यस आ.व.वर्ष २०७६/७७ को दुई महिनाको राजश्व संकलन १४१ अर्ब ५१ करोड रहेको र सो अघिल्लो वर्षको सोही अवधिमा रु.११९ अर्ब २० करोड रहेको थियो ।
२०७४/७५ को तुलनामा २०७६/७७ मा १६ प्रतिशतले राजश्व वृद्धि भएको र आ.व.२०७६/७७ को दुई महिनामा सो वृद्धि करिब १५.७ प्रतिशतले वृद्धि भएबाट राजश्वको उठती वृद्धि भैरहेको छ । सोही अवधिमा खर्च भने ५३ प्रतिशतले घटेको कटु यथार्थ रहेको छ ।
कार्यक्रममा न्यू ब्यालेन्ट होम र युथ चेम्बर अफ कमर्सबीच कर सम्बन्धी तालिम दिनेबारे सम्झौता भएको छ । होमका अध्यक्ष कुमार थापा र चेम्बरका महानिर्देशक कैलाश कुमार बजिमयले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपग्रामीण सडक कालोपत्र, मुख्य सडकको समस्या उस्तै
असार ८, २०८१ शनिबार
मदिरा र सुर्तीजन्य वस्तुमा कर वृद्धि
जेठ १५, २०८१ मंगलबार
बजेटबारे नेताहरूको मिश्रित प्रतिक्रिया : कोही भन्छन्- राम्रो, कोही भन्छन् नराम्रो !
जेठ १५, २०८१ मंगलबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
अन्तरिक्षबाट घरको छतमा टुक्रा खसेपछि नासाविरुद्ध मुद्धा दायर
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
भारतको सेमिफाइनल खेलमा वर्षा भयो भने के हुन्छ ?
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
नेपाल आइडल विजेता करण परियारलाई प्रधानमन्त्रीले दिए बधाई, गितार उपहार
असार १२, २०८१ बुधबार
सशस्त्र प्रहरीका एसपी र डीएसपी सरुवामा गृहमन्त्रीको मनलाग्दी
असार १२, २०८१ बुधबार
देशभर मनसुनी वायुको प्रभाव : आज यी ठाउँहरुमा भारी वर्षा हुने
असार १२, २०८१ बुधबार
प्रदेशको बजेट, उठाउनै नसक्ने आन्तरिक ऋण !
असार १२, २०८१ बुधबार
इजरायलले उत्तरी गाजाबाट हमास सरकारलाई विस्थापित गर्ने योजना ल्याउँदै
असार १२, २०८१ बुधबार
बारामा ८७ हजार मेट्रिकटन मकै उत्पादन
असार १२, २०८१ बुधबार
एकनाले भरूवा बन्दुकसहित एक जना पक्राउ
असार १२, २०८१ बुधबार
एसईईको नतिजा बिहीबार बिहान सार्वजनिक गर्ने निर्णय
असार १२, २०८१ बुधबार