सबै स्याङ्जालीको भोट कांग्रेस उम्मेद्वार खेमराजलाई दिने निर्णय
नेपालबहस संवाददाता
मंसिर ४, २०७६ बिहिबार २:२०:२२
४ मंसिर, पोखरा । साविक स्याङ्जा घर भई हाल पोखराका विभिन्न स्थानमा विभिन्न पेशा र व्यवसाय गर्दै आएका स्याङ्जालीहरुले यो पटक कांग्रेस उम्मेद्वार खेमराज पौडेललाई भारी मतले जिताउने प्रतिबद्धता जनाएका छन् ।
नेपाली कांग्रेस स्याङ्जा पोखरा सम्पर्क समितिले बुधवार पोखरामा आयोजना गरेको चुनावी भेलामा बोल्ने सबै वक्ताहरुले सो प्रतिबद्धता जनाएका हुन् ।
उनीहरुले नेपाली कांग्रेसले खेमराज पौडेल जस्तो निष्ठावान राजनीतिकर्मीलाई उम्मेद्वार उठाएकोले यो पटक सबै स्याङ्जालीहरुको भोट एकै ठाउँमा केन्द्रीत हुने बताए । सो अवसरमा बोल्दै उम्मेद्वार खेमराज पौडेलले अहिलेको निर्वाचन हार्नु जित्नु सँग नभई देशकै प्रतिष्ठा र इमान जमान सँग जोडिएको बताए । उनले यो निर्वाचनले देशमा मौलाएको वेथितिको अन्त्य गर्ने दावी गरे ।
म नजिकै कास्की पुम्दीको तपाईहरु छिमेकी जिल्ला स्याङ्जावाट कास्कीको पोखरा आउनु भएको छ , यो नै तपाई हाम्रो सम्बन्ध हो । मुलुकमा ओलीको अधिनायकवादले प्रजातन्त्र मास्न खोजेको आभाष भैरहेको छ । तपाईहरु सचेत हुनुहुन्छ, यो नै मेरा लागि र राष्टको लागि काफी छ, म त केवल प्रतिनिधि पात्र मात्र हुँ, उम्मेद्वार खेमराजले सयौं स्याङ्जालीहरुलाई सम्वोधन गर्दै भने ।
नेपाली कांग्रेस स्याङ्जा पोखरा सम्पर्क समाजका संयोजक पवन नेपालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस स्याङ्जाका कार्यबाहक सभापति कुमार राना, पूर्व सांसद राजु थापा, नेतृ सरिता तिवारी, महासमिति सदस्य देवराज चालिसे, सचिव ध्रुवबन्धु पोखरेल लगायतले वोलेका थिए ।
यसैबीच कांग्रेस उम्मेद्वार खेमराज पौडेलले बुधवार पोखरा १६ बाटुलेचौरमा घरदैलो गर्दै भोट मागेका छन् । सो वडाका चुनावी कमाण्डर कुमार खड्काको अगुवाईमा पूर्व सभामुख तारानाथ रानाभाटसहित घरदैलो कार्यक्रम गरिएको कांग्रेसले जानकारी दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसामूहिक कृषिमा महिलाको आकर्षण बढ्दो
जेठ ६, २०८१ आइतबार
म्याग्दीलाई पूूर्णखोप सुनिश्चितता दिगोपना घोषणा
जेठ १, २०८१ मंगलबार
प्लाष्टिकजन्य निषेधित वस्तु प्रयोगमा रोक लगाउने तयारी
बैशाख ३१, २०८१ सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार