पर्यटकीय गाउँ बगरमा विद्युतीकरण, ५२ परिवार लाभान्वित
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
मंसिर ९, २०७६ सोमबार १३:१६:३
![](https://snowberry.prixacdn.net/media/gallery_folder/logo_u9UuLIVas7_gfmsqcbqyudnlk52y0lythcjrnu7anmatg1lb8rylf5mt4quwfztywuergov.png)
९ मंसिर म्याग्दी म्याग्दीको धौलागिरि गाउँपालिका–४ स्थित पर्यटकीय गाउँ बगरमा विद्युतीकरण गरिएको छ ।भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने बगरमा १६ किलोवाट क्षमताको सोलार पलान्ट जडान गरी विद्युतीकरण गरिएको हो ।
रु ७५ लाखको लागतमा निर्माण भएको सो योजनाबाट बगर, मिस्तुङ र जेल्तुङका ५२ परिवार लाभान्वित भएका वडासदस्य बमबहादुर पुनले जानकारी दिए। परियोजना निर्माणमा धौलागिरि गाउँपालिकाको रु ४० लाख, अमेरिकाको गिभ पावर संस्थाको रु ३० लाख बराबरको उपकरण र प्राविधिक सहयोग तथा उपभोक्ताको रु पाँच लाख लगानी भएको छ ।
उपभोक्ताले खम्बा गाड्ने, विद्युत्गृहको भवन निर्माण र तार तान्ने काम गर्न प्रतिघर १९ दिनका दरले श्रमदान गरेको परियोजना निर्माण समितिका अध्यक्ष होमबहादुर पुर्जाले बताए । अमेरिकाबाट आएका गिभ पावर संस्थाका ११ सञ्चालक र कर्मचारीले पनि दुई दिन श्रमदान गरेका थिए ।
विद्युतीकरण भएपछि उज्यालोका साथै दैनिकीमा सहज भएको स्थानीयवासी मिमकुमारी घर्तीले बताए । मोबाइल चार्ज गर्न, टेलिभिजन हेर्न, रेडियो सुन्न, कम्प्युटर तथा ल्यापटप चलाउन सहज भएको उनले बताए ।
यसअघि यहाँका बासिन्दा उज्यालोका लागि टुकी र सोलारमा निर्भर थिए । बगर र जेल्तुङमा दुई मिल सञ्चालन गर्ने तयारी गरिएको छ । गहुँ, मकै, कोदो र फापर पिस्न मिल नहुँदा स्थानीयवासीलाई समस्या छ । यसैगरी फर्निचर उद्योग चलाउन लागिएको स्थानीयवासी चित्र घर्तीले बताए । नजिकको बस्ती खिवाङ र मुदीबाट बगर पुग्न भिर र जङ्गलमा पूरै दिन हिँड्नुपर्छ ।
बगर धौलागिरि हिमालको प्रवेशद्वार हो । बगर गाउँ भएर संसारको सातौँ अग्लो धौलागिरि हिमालको आधार शिविर पुग्न सकिन्छ । ऊर्जाको माध्यमबाट स्थानीयको दैनिकीमा सुधार र पर्यटक प्रवद्र्धन गर्ने उद्देश्यले सोलारबाट विद्युतीकरण गरिएको गिभ पावर प्रबन्ध निर्देशक किशोर रिमालले बताए। तत्कालै केन्द्रीय प्रसारण लाइनको सम्भावना नभएको र लघुजल विद्युत् परियोजना बनाउन लागत धेरै आवश्यक पर्ने भएकाले सोलारबाट विद्युतीकरण गरिएको धौलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताए ।
“सबै बस्तीलाई उज्यालो बनाउने उद्देश्यअनुसार बगरमा सोलारबाट विद्युतीकरण गरिएको हो”, उनले भने “केन्द्रीय लाइन, लघुजल विद्युत् र सोलारबाट पालिकाका सबै घरलाई उज्यालो बनाउने योजना कार्यान्वयनमा जोड दिएका छौँ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपग्रामीण सडक कालोपत्र, मुख्य सडकको समस्या उस्तै
असार ८, २०८१ शनिबार
मदिरा र सुर्तीजन्य वस्तुमा कर वृद्धि
जेठ १५, २०८१ मंगलबार
बजेटबारे नेताहरूको मिश्रित प्रतिक्रिया : कोही भन्छन्- राम्रो, कोही भन्छन् नराम्रो !
जेठ १५, २०८१ मंगलबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
अन्तरिक्षबाट घरको छतमा टुक्रा खसेपछि नासाविरुद्ध मुद्धा दायर
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
भारतको सेमिफाइनल खेलमा वर्षा भयो भने के हुन्छ ?
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
सशस्त्र प्रहरीका एसपी र डीएसपी सरुवामा गृहमन्त्रीको मनलाग्दी
असार १२, २०८१ बुधबार
नेपाल आइडल विजेता करण परियारलाई प्रधानमन्त्रीले दिए बधाई, गितार उपहार
असार १२, २०८१ बुधबार
देशभर मनसुनी वायुको प्रभाव : आज यी ठाउँहरुमा भारी वर्षा हुने
असार १२, २०८१ बुधबार
अब साउनदेखि सिंहदरबार प्रवेश गर्न 'इ–गेटपास'को व्यवस्था गरिने
असार १२, २०८१ बुधबार
ढल्केबर–इनरुवा प्रसारण लाइन सञ्चालन
असार १२, २०८१ बुधबार
देशका विभिन्न नदीमा पानीको बहाव बढ्दै, सतर्कता अपनाउन आग्रह
असार १२, २०८१ बुधबार
कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल
असार १२, २०८१ बुधबार
यी राशीमा ३ दिनपछि आर्थिक संकटको छायाँ पर्न सक्छ !
असार १२, २०८१ बुधबार