चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक बढे
नेपालबहस संवाददाता
मंसिर १७, २०७६ मंगलबार २१:३६:३९
१७ मंसिर चितवन । चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटकको सङ्ख्या बढेको छ । गत वर्षको चार महिनाको तुलनामा यस वर्ष पर्यटक आगमन वृद्धि भएको हो ।
निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार गत वर्षको यसै अवधिको भन्दा यस वर्ष २६.८५ प्रतिशतले पर्यटक बढेका हुन् । तथ्याङ्कअनुसार गत वर्षको साउनदेखि कात्तिकसम्म ५४ हजार ६२३ पर्यटकले निकुञ्ज घुमेका थिए । यस वर्ष यो सङ्ख्या १४ हजार ६६९ ले बढेर ६९ हजार २९२ पुगेको छ ।
वृद्धि भएको पर्यटकमध्ये नेपालीको सङ्ख्या बढी छ । गत वर्ष यस अवधिमा नौ हजार ८५५, सार्क मुलुकका पाँच हजार ३३१ र विदेशी ३९ हजार ४३७ जना रहेका थिए । यस वर्ष नेपालीको सङ्ख्या २४ हजार ४३५, सार्क मुलुकका छ हजार ५२७ र विदेशी ३८ हजार ३३० रहेका छन् जसमध्ये नेपालीको सङ्ख्या गत वर्षभन्दा १४ हजार ५८० ले वृद्धि भएको छ ।
विदेशीको सङ्ख्या एक हजार १०७ घटेको छ भने सार्क मुलुकका पर्यटक एक हजार १९६ ले बढेको छ । नेपालीको सङ्ख्या बढे पनि विदेशी पर्यटक भने बढ्न सकेको छैन । गत आर्थिक वर्षमा एक लाख ७८ हजार १०९ पर्यटकले निकुञ्ज घुमेका थिए ।
यसअघि भूकम्प र नाकाबन्दीपछि पर्यटकको सङ्ख्यामा निकै गिरावट आएको घिमिरेले बताए । आव २०७१/०७२ मा एक लाख ७८ हजार २५७ पर्यटकले निकुञ्ज घुमेका थिए । निकुञ्जको इतिहासमा हालसम्मकै त्यो उच्च सङ्ख्या हो ।
यस वर्षको चार महिनालाई हेर्दा र भ्रमण वर्ष मनाउन लागिएकाले चालू वर्षमा हालसम्मकै उच्च पर्यटक आउने अपेक्षा गरिएको छ । चितवनमा मुख्यरुपमा निकुञ्जभित्र दुर्लभ वन्यजन्तु बाघ, गैँडाजस्ता जनावर हेर्न, राप्ती नदीमा डुङ्गा सयर र थारू संस्कृति हेर्न पर्यटक आउने गर्दछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको छलफल
भदौ २६, २०८१ बुधबार
बागलुङको लेकमा उत्पादित कपडा विदेश निर्यात
भदौ १९, २०८१ बुधबार
ग्रामीण सडक कालोपत्र, मुख्य सडकको समस्या उस्तै
असार ८, २०८१ शनिबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार