बीमाका लगानीकर्ता सबैभन्दा धेरै खुशी, बजारको अबको प्रतिरोध कति ?
![आर्थिक संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac_jYm4x4A9NS.jpeg
)
आर्थिक संवाददाता
मंसिर २६, २०७६ बिहिबार २२:४७:४३
![](https://nepalbahas.prixacdn.net/media/albums/Graph-2_ZewQngd3Eh.png)
२६ मंसिर, काठमाडाैं । शेयर बजारमा आज पुन दोहोरो अंकको वृद्धि देखिएको छ । नेप्से परिसूचक ११ दशमलव १७ अंकले वृद्धि हुँदै ११७२ दशमलव ६४ को विन्दुमा दोश्रो बजार बन्द भएको छ ।
नेप्से परिसूचकलाई कारोवार रकमले पनि साथ दिएको छ । कारोवार रकम हिजो भन्दा आज वृद्धि हुँदै ७६ करोड ४० लाख पुगेको छ । आज १६८ कम्पनीका २१ लाख ०२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । शेयर बजार निरन्तर वृद्धि हुन् थालेको ८ दिन पुरा भएको छ ।
आज बजारको खुला विन्दु ११६२ दशमलव २६ रहेकोमा बजारको न्यून विन्दु ११५९ दशमलव ९१ थियो । बजारले न्यून विन्दु १२ बजेर ३७ मिनेटमा समातेको थियो । त्यसपछि भने बजार निरन्तर बढेको थियो ।
बजारले २ बजेर ३० मिनेटमा ११७५ दशमलव ३१ को उच्च विन्दु समातेको थियो । उच्च विन्दु समाते पश्चात केही घटेपनि अन्त्यमा बढ्न नै खोजेको थियो ।
हिजो लघुवित्त कम्पनीको शेयर मुल्यमा अत्याधिक वृद्धि देखिपनि आज भने बीमा कम्पनीहरुको उपसुचकमा राम्रो वृद्धि देखिएको छ ।
आज निर्जीवन बीमा कम्पनीहरुको उपसुचक सर्वाधिक ७ दशमलव ५९ प्रतिशतले वृद्धि भयो भने जीवन बीमा कम्पनीहरुको उपसुचक ५ दशमलव ०५ प्रतिशतले वृद्धि भयो । हाईड्रोपावर उपसुचकमा पनि आज ३ दशमलव ०६ प्रतिशतको वृद्धि देखिएको छ ।
सर्वाधिक कमाउने ५ कम्पनीको सुचीमा ४ वटा बीमा कम्पनीका शेयर रहेका छन् । एभरेस्ट इन्स्योरेन्सका शेयरधनीले सर्वाधिक १० प्रतिशतले कमाए भने सूर्या लाईफका शेयरधनीले सर्वाधिक ९ दशमलव ९६ प्रतिशतले कमाए ।
हेरौं सर्वाधिक कमाउने ५ कम्पनी:
सर्वाधिक गुमाउनेको सुचीमा सबैभन्दा माथि गुराँस लघुवित्त रहेको छ । गुराँस लघुवित्तको बजार मूल्य ४ दशमलव ७७ प्रतिशतले घटेको छ ।
हेरौं सर्वाधिक गुमाउने ५ कम्पनी:
स्वावलम्बन लघुवित्तको संस्थापक शेयर सर्वाधिक खरिदबिक्री भएको छ । स्वावलम्बन लघुवित्तको ८ करोड २८ लाखको संस्थापक शेयर खरिदबिक्री भएको छ ।
प्राविधिक विश्लेषण:
पहिलो प्रतिरोध : ११७५ पहिलो टेवा : ११६५
- आज पनि नेप्सेमा खरिदकर्ताको चाप रहेको देखिन्छ । कारोबार भने अघिल्लो कारोबार दिनभन्दा बढेको छ ।
- अन्तिम दिन “बुलिस” मैनबत्ती आकृति बनाएको छ । यसले बजारमा खरिदकर्ताको चाप भएको जानकारी गर्दछ ।
- दैनिकी अवधिमा “आरएसआई” ७४ दशमलब ५४ को बिन्दुमा छ । आरएसआईले बजारमा शेयर बढी खरिद भएको जानकारी गराएको छ ।
- “एडिएक्स” ले माग बढी रहेको जनाउनुको साथै जोड र बिजोड “डाइरेक्सनल इन्डेक्स” हरुले पनि सोहि कुरा संकेत गरेको छ ।
- “अन ब्यालेन्स भल्यूम” ले बजारमा खरिदकर्ताको चाप रहेको संकेत गरेको छ ।
- नेप्से बढेमा पहिलो प्रतिरोध ११७५ मा पाउने देखिन्छ र घटेमा पहिलो टेवा ११६५ मा पाउने देखिन्छ ।
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपटेलिकमको बिलिङ प्रणालीमा अर्ब बढी हिनामिना आरोपमा मुद्दा चलाउने अख्तियारको तयारी
असार ११, २०८१ मंगलबार
मुख्यसचिवका दाबेदार गृहसचिव अर्याल ढुक्कै विदेश भ्रमणमा
असार ११, २०८१ मंगलबार
अख्तियारको मुद्दा नजाँदै सिंहदरबारमा मुख्यसचिवका लागि दौडधूप
असार ९, २०८१ आइतबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
अन्तरिक्षबाट घरको छतमा टुक्रा खसेपछि नासाविरुद्ध मुद्धा दायर
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
भारतको सेमिफाइनल खेलमा वर्षा भयो भने के हुन्छ ?
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
सर्वोच्चले खारेज गर्यो कोशी प्रदेश सरकार विरुद्धको रिट
असार ११, २०८१ मंगलबार
दाहालको दिनगन्ती सुरुः ‘जादुई नम्बर’मा छैन अब कुनै दम
असार ११, २०८१ मंगलबार
नेपाल आइडल विजेता करण परियारलाई प्रधानमन्त्रीले दिए बधाई, गितार उपहार
असार १२, २०८१ बुधबार
कांग्रेसले स्वास्थ्य तथा गुणस्तरसम्बन्धी गैर सरकारी विधेयक दर्ता गराउने
असार १२, २०८१ बुधबार
ट्राभिस हेड टी-२० वरियताको ब्याट्सम्यानको सूचीमा शिर्ष स्थानमा
असार १२, २०८१ बुधबार
नेपालगञ्जमा महिला क्याम्पसमा अध्ययन गर्नको आकर्षण बढ्यो
असार १२, २०८१ बुधबार
जङ्गली च्याउ खाँदा तीन जनाको मृत्यु, १६ बिरामी
असार १२, २०८१ बुधबार
रुकुमकोट बजार आसपास क्षेत्र
असार १२, २०८१ बुधबार
मार्ग खुलेको ढेड दशकपछि सडक कालोपत्र, स्थानीय हर्षित
असार १२, २०८१ बुधबार