ज्योति विकास बैंकद्वारा कपडा बैंकको लागि वासिङ मेसिन प्रदान
नेपालबहस संवाददाता
मंसिर २७, २०७६ शुक्रबार १७:४६:२८
२७ मंसिर, काठमाडाैं । ज्योति विकास बैंकले नवजीवन परोपकार समाज तथा 100’s Group को संयुक्त तत्त्वावधानमा स्थापना भएको कपडा बैंकलाई बिहिबार एक थान वासिङ मेसिन प्रदान गरेको छ । बैंकले सामाजिक उत्तर दायित्वको लागि सिर्जना गरेको हाम्रो विकास प्रवर्द्धन कोषमार्फत उक्त वासिङ मेसिन हस्तान्तरण गरेको जनाएकाे छ ।
कार्यक्रममा ज्योति विकास बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवाली, नायब महाप्रबन्धक सुशील कुमार शर्मा तथा मुख्य शाखाका प्रबन्धक रोशन थापा तथा नवजीवन परोपकार समाजका सचिव दिपकराज जोशी तथा 100’s Group का कार्यक्रम संयोजक बब्लु गुप्ताको उपस्थिति रहेको थियो ।
नवजीवन परोपकार समाज तथा 100’s Group ले संयुक्त सहकार्यमा काठमाडौं तथा ललितपुरको विभिन्न स्थानहरुमा कपडा बैंक स्थापना गरी जम्मा भएका पुनः प्रयोग गर्न मिल्ने कपडाहरुलाई सफा तथा मर्मत गरी गरिब नागरिकहरुको बीचमा पुर्याउने अभियान थालनी गरेको हो । सो कार्यलाई सराहनिय ठान्दै बैंकले वासिङ मेसिन प्रदान गरेकाे जनाएकाे छ ।
समाजमा प्रभावकारी योगदान पुर्याउने हेतुले स्थापित हाम्रो विकास प्रवर्द्धन कोष मार्फत बैंकले विभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आएको छ। नवजीवन परोपकार समाज तथा 100’s Group ले थालनी गरेको कपडा बैंक कार्यक्रमले पुर्याएको उल्लेखनीय योगदानको सहयोगार्थ बैंकले सो सहयोग प्रदान गरेको छ ।
हाल ज्योति विकास बैंकले १०२ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ४३ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ भने यसै आर्थिक वर्षमा थप नयाँ शाखा संचालनमा ल्याउने प्रक्रियामा रहेको छ । साथै यस आर्थिक बर्ष भित्र नै अन्य थप २५ स्थानबाट समेत एटिएम मार्फत सेवा प्रदान गर्ने तयारीमा रहेको छ । हालसम्म बैंकले २ लाख ४० हजारभन्दा बढि खाताबाट रु. ३० अर्बभन्दा बढि निक्षेप संकलन गरी २० हजारभन्दा बढि ऋणीलाई रु. २६ अर्वभन्दा बढि लगानी गर्न सफल भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार